मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली राजदूतावासको ह्युस्टनमा लुटिएको राजस्व सम्बन्धमा स्थानीय संस्थाहरुको प्रेस विज्ञप्ति

नेपाली राजदूतावासको ह्युस्टनमा लुटिएको राजस्व सम्बन्धमा स्थानीय संस्थाहरुको प्रेस विज्ञप्ति


शेयर गर्नुहोस:

9.6k
Shares

  • change font
  • change font
  • change font

अमेरिकास्थित नेपाली राजदूतावासले हालै टेक्ससको डालस, अस्टिन र ह्युस्टनमा घुम्ति कन्सुलर सेवा संचालन गरेर संकलन गरेको करिब दुई लाख डलर बराबरको मनि अर्डर र क्यासियर चेक लुटिएको घटनाले अमेरिकामा निकै हलचल मच्चाएको छ। स्थानीय संस्थाहरुको आग्रहमा दूतावासले दिने कन्सुलर सेवालाई स्थानीय स्तरमा दिने गरी घुम्ति शिविरहरु संचालन गरेको थियो।

यही डिसेम्वर १५ देखि २० सम्म डालास, अस्टिन र ह्युस्टनमा गरेर छ दिनसम्म संचालित घुम्ति कन्सुलर शिविरहरुबाट करिब एकहजार जना नेपालीहरुले आफू बसेकै सहरबाट पासपोर्ट नवीकरण तथा एनआरएन कार्ड बनाउने जस्ता अत्यावश्यक सेवा स्थानीय स्तरमा नै प्राप्त गरेका थिए। घर-दैलोमै आएर सेवा दिएकोमा सबै सेवाग्राहीहरु निकै खुसी नै थिए।

Advertisement

तर यसबीच डिसेम्वर २२ मा दूतावासका अधिकारीहरु वासिङ्गटन डिसी फर्कने क्रममा ह्युस्टनको हिलक्रफ्टस्थित काठमाण्डु करी रेष्टुँरामा खानाखान गाडी रोकिरहेको अवस्थामा गाडी तोडफोड् भइ कन्सुलर शिविरबाट संकलन भएको मनी अर्डर र क्यासियर चेक राखिएको झोला चोरी भएको घटनाले अमेरिका बस्ने नेपालीको मात्र होइन संसारभरका नेपालीहरुको ध्यान खिचेको छ। घटनाका विषयमा कतिपयले सामाजिक संजालमा नकारात्मक टिप्पणीहरु गरिरहेकाछन्। कतिपयले कन्सुलर सेवामा संलग्न अधिकारीहरुलाई लान्छित गर्दै नेपाल सरकार र दूतावासको कामगर्ने शैलीको पनि आलोचना गरिरहेछन्।

यी सबै घटनाक्रमहरु नियालीरहेका ह्युस्टनका नेपाली संस्थाहरु भने लुटपाटको घटना एउटा दुर्घटना हो, त्यो कुनै व्यक्तिगत लापर्वाहीका कारण नभइ पेशेवर अपराधीहरुले घटाएको भन्नेमा विश्वस्त छ।

कन्सुलर सेवामा दूतावाससंगै मिलेर काम गरेका स्थानीय सहयोगी संस्थाहरु एनआरएनए टेक्सस च्याप्टर, नेप्लिज एशोसियस अफ ह्युस्टन (एनएएच) र क्रियटिभ नेप्लिज सोसाइटी (सिएनएस)ले एक विज्ञप्ति जारी गरेरै घटनाका सम्बन्धमा थप प्रष्ट पारेको छ।

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

स्थानीय सहयोगी संस्थाहरुका तर्फबाट एनएएचका कार्यबाहक अध्यक्ष द्रोण गौतमले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा ह्युस्टन प्रहरी र कुटनैतिक सुरक्षा संयन्त्रले समेत अनुसन्धान गरिरहेकोले यस घटनास्थल थप तरङ्गीत नबनाउन र संलग्न दूतावासका अधिकारीहरुलाई लान्छित नगर्न अनुरोध गरेको छ।

कार्यबाहक अध्यक्ष गौतमद्वारा जारी विज्ञप्तिमा थप भनिएको छ— ‘घटनाबाट नेपाली राजदूतावास/ नेपाल सरकारको करिब दुईलाख डलर बराबरको राजस्व रकमको प्रारम्भिक नोक्सान भएको छ। घटना लगत्तै स्थानीय प्रहरी र कुटनैतिक सुरक्षा संयन्त्रलाई खबर भएको र घटनास्थलबाट उपल्ब्ध सर्भिलेन्स भिडियोको समेत मद्दतले ह्युस्टन प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ। घटनामा चोरी भएको मनी अर्डर र क्यासियर चेक बरामद हुने संभावना अझै भएपनि हामी स्थानीय आयोजकहरुको तर्फबाट सबै सेवाग्राही महानुभावहरुमा दूतावासको विज्ञप्ति र अनुरोध बमोजिम यहाँहरुले सेवा शुल्क बापत बुझाउनु भएको मनी अर्डर वा क्यासियर चेक तत्काल रद्द गर्ने प्रक्रिया शुरु गर्नु हुन हार्दिक अनुरोध र अपील गर्न चाहन्छौ।

यस घटनाबाट प्रभावित हुनु भएका डालास, अस्टिन र ह्युस्टनका समस्त सेवाग्राही दाजुभाइ- दिदी बहिनीहरुसंग हामी सबै स्थानीय आयोजकहरु क्षमा प्रार्थी छौं। घटनाको अनुसन्धान जारी रहेकाले यस प्रक्रियामा यहाँहरु सबैबाट सहयोग र सद्भावको पनि अपेक्षा गर्दछौं। यस घटनामा सम्वन्धमा ह्युस्टन प्रहरीको इन्सिडेण्ट नम्वरः १७२ २३५ ७२२ रहेको छ।

यो दुखद घटना अपेक्षित थिएन र दूतावासका अधिकारीहरुको लापरवाही पनि थिएन। घटनामा कुनै मानवीय र संकलित पुराना पासपोर्ट लगायतका कागजातहरुको क्षति भएको छैन जुन यस्ता लुटपाटका घटनामा हुने संभावना भइ नै रहन्छ। अनुसन्धानको नतिजा हाम्रो सामु छिट्टै प्राप्त हुनेमा आशावादी छौं र हामीलाई जानकारी हुने वित्तिकै यहाँहरु समक्ष श्यर गर्ने नै छौं।

यसबीचमा यस घटनालाई लिएर नेपाली दूतावास र हामीलाई हाम्रै घरदैलोमा आएर सेवा दिनु भएका दूतावासका अधिकारीहरुलाई थप लान्छित र घटनालाई अतिरन्जित गरेर हाम्रै सेवामा खटिनुभएका अधिकारीहरुका बारेमा टिपेपणी नगरिदिनु हुन समेत हार्दिक अनुरोध गर्न चाहन्छौं।’

ह्युस्टनका स्थानीय संस्थाहरुका तर्फबाट घटनाको अनुसन्धानमा स्थानीय प्रहरीसंग निरन्तर समन्वय भइरहेको जानकारी हिमालय खबरलाई प्राप्त भएको छ। घटनामा कोही पनि सेवाग्राहीको व्यक्तिगत सूचना र कागजात लुटिएको छैन भन्ने कुराको प्रष्टिकरण दूतावासका नियोग उपप्रमुख कुमार खरेलले सार्वजनिक सूचना र मिडिया ब्रिफिङ्गका दौरान प्रष्ट पारिसकेका छन्।

स्थानीय संस्थाका प्रतिनिधिहरुले सेवाग्राहीहरुलाई मनिअर्डर र क्यासियर चेक रद्द गर्न संभव नभए दूतावासमा आवश्यक जानकारी पठाएर सहयोग गर्न पनि सबै सेवाग्राहीहरुलाई अनुरोध गरेकाछन्। रद्द गर्न संभव भएमा पून नयाँ मनि अर्डर वा क्यासियर चेक बनाएर दूतावासमा पठाउन सेवाग्राहीहरुलाई अनुरोध समेत गरिएको छ।
 

शेयर गर्नुहोस:

9.6k
Shares