मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

सगरमाथा आराही शेर्पाहरुलाई कोलोराडो गर्भनरद्धारा भब्य सम्मान, जनवरी ५ का दिन शेर्पा दिवश मनाउने घोषणा

सगरमाथा आराही शेर्पाहरुलाई कोलोराडो गर्भनरद्धारा भब्य सम्मान, जनवरी ५ का दिन शेर्पा दिवश मनाउने घोषणा


शेयर गर्नुहोस:

4.8k
Shares

  • change font
  • change font
  • change font

कोलोराडो अमेरीका – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने साहसी आराही शेर्पाहरुलाई कोलोराडोका गर्भनर जारेड पोलिसले भब्य सम्मान गरेका छन् ।
 
कोलोराडो स्थित नेपाली शेर्पाहरुको साझा संस्था “शेर्पा नाङपी छोक्पा कोलोराडोको” पहलमा यही जनवरी ५ तारिकका दिन एक समारोह बिच स्टेट भवनमा उनीहरु सम्मानित भएका हुन् ।
 
कोलोराडो राज्य सरकारले शेर्पाहरुलाई सम्मान गरेको जनवरी ५ तारिकको दिनलाई हरेक बर्ष शेर्पा दिवसको रुपमा मनाउने घोषणा गर्भनर जारेड पोलिसल गरेको शेर्पा नाङपी छोक्पा कोलोराडोका सचिव निमा शेर्पाले बताएका छन् ।

Advertisement
 
अमेरीकामा यस्तो सम्मान पाउनु नेपाल र हामी संम्पूर्ण नेपालीहरुका लागी गौरवको कुरो हो ।  यसबाट हामी सबै नेपालीको शिर सगरमाथा जस्तै उच्च भएको छ ।  नेपाल, हामी नेपाली र सगरमाथालाई बिश्वभर चिनाउन भब्य कार्यक्रम आयोजना गरेकोमा कोलोराडो राज्य सरकारलाई उनले धन्यवाद दिएका छन् ।  त्यसैगरी उनले यस्तो बिशेष कार्यक्रमको अभिभावकत्व निभाउनु हुने हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, बिशेष सहयोग गर्नु हुने पेम्वा तेन्जीङ शेर्पा लगायत अन्य सम्पूर्ण महानुभावहरुलाई संस्थाका तर्फबाट बिशेष धन्यवाद दिन चाहन्छौ भनेका छन् ।
 
सम्मान कार्यक्रममा एनआरएन कोलोराडो च्याप्टर लगायत स्थानीय संघ संस्थाका पदाधिकारी, समाजसेवी, गन्यमान्य, बुद्धीजिवीहरुको उपस्थिती रहेको थियो ।



शेयर गर्नुहोस:

4.8k
Shares