ड्यालस (अमेरिका) – नेपाली समाज टेक्सस (एनएसटी) को आइतबार भएको निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले विजयी भएका छन् । सोमबार बिहान सबेरै प्रकाशित परिणाम अनुसार वाग्ले ११२० मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी पूर्ब उपाध्यक्ष कमल सापकोटाले ८६२ मत पाए । निकै कडा प्रतिस्पर्धाबीच भएको चुनावको परिणाम सार्वजनिकको सुरुवाती चरणदेखिनै वाग्लेले अग्रता लिइरहेका…