ह्युस्टन (अमेरिका)- डा. भगवान कोइराला चिनाइरहनु पर्ने व्यक्ति होइनन्। नेपालमा आफ्नो पेशा/कर्म गरेरै अत्यन्त लोकप्रिय डा. कोइराला हाल नेपालको सात वटै प्रदेशमा सुविधा सम्पन्न र सर्वसाधारणको पहुँच रहने खालको बाल अस्पताल बनाउने अभियानमा छन्। डा. कोइरालाको आफ्नो पेशाप्रतिको निष्ठा र अब्बलताको उदाहरण शहीद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्र स्थापना र त्यसको सहज व्यवस्थापनले देखाइसकेको छ। …