मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोलोराडो नेपाली समुदायमा एक दुःखद घटना

कोलोराडो नेपाली समुदायमा एक दुःखद घटना


शेयर गर्नुहोस:

15.2k
Shares

  • change font
  • change font
  • change font

कोलोराडोकोलोराडो नेपाली समुदायका एक सदस्यको बिहिबार राती ८ बजे आफ्नै स्टोरमा काम गर्दै गर्दा एक बन्दुकधारीद्धारा गोली हानी हत्या गरिएको छ ।
 
कोलोराडो स्थित हुईट्रिजमा भलेरो ग्यासस्टोर संचालन गर्दै आएका ५३ बर्षिया भेषराज लामीछानेको स्टोर भित्रै गोलीहानी हत्या भएको हुईट्रिज पुलीसले जनाएको छ । नेपालमा तनहुँ जिल्ला घर भई सन् २०१४ मा डिभी मार्फत अमेरिका आएका लामिछाने चार छोरा छोरी र श्रीमती सहित कोलोराडोमा बस्दै आएका थिए ।
 
गोली हानी हत्या गरेपछि उनैको गाडी लिएर भागेका २६ बर्षिया एक अफ्रिकन अमेरीकन शुक्रबार बिहान इन्डिअाना स्टेटमा पक्राउ परेको त्यहाँको पुलीसले जनाएको छ ।
 
घरमा कमाउने भेषराज मात्र भएको र उनको त्यसरी निधन भएपछि घरको आर्थिक अवस्था नाजुक रहेको बताईएको छ । यसरी कोलोराडो नेपाली समुदायमा  ज्यादै दुःखद घटना घट्न पुगेको र उनको दाहसंस्कार तथा परिवारलाई सहयोग जुटाउन गोफण्ड मी खोलीएको छ । 

उक्त गोफण्ड मी मा एथासक्य सहयोग गरिदिनु हुन कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, समाजसेवी, गन्यमान्यहरुले सार्वजानिक रुपमा सबैलाई अनुरोध गरेका छन् ।

 
गोफण्ड मी मा सहयोग गर्न को लागि तलको लिंक क्लिक गर्नुहोला I

शेयर गर्नुहोस:

15.2k
Shares