अमेरिकी सर्वोच्च अदालतद्वारा विवादास्पद सीमा नीतिलाई यथावत् राख्न निर्देशन

वासिङ्टन । मेक्सिकोको सीमामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउन कोभिड–१९ को सावधानी अपनाउने अमेरिकी सरकारको दुई वर्ष पुरानो नीति तत्कालका लागि कायम रहने सर्वोच्च अदालतले मङ्गलबारको फैसलामा सुनाएको छ ।   ‘टाइटल ४२’ भनिने विवादास्पद नियमलाई कायम राख्ने निर्णयले अमेरिका प्रवेशका लागि हजारौंले दक्षिणी सीमामा पर्खिरहेका समय राष्ट्रपति जो बाइडेनका लागि राजनीतिक सङ्कट निम्त्याएको छ…