मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
मुख्य समाचार   

एनआरएनए अमेरिकाको सदस्य संख्या किन घट्यो ?

एनआरएनए अमेरिकाको सदस्य संख्या किन घट्यो ?

डिलु पराजुली भन्छन्-‘एउटै मात्र कारण छैन’


अमेरिका । गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए) अमेरिकाको सदस्य संख्या अघिल्लो पटकको भन्दा कम भएको छ । अघिल्लो पटक करिब २० हजार सदस्य बनेका थिए । अहिले यो १५ हजार हाराहारीमा छ । सदस्य संख्या बढ्नु पर्ने थियो, किन घट्यो ?

एनआरएनए अमेरिका सदस्यता अभियानका संयोजक डिलु पराजुली भन्छन्-नयाँ प्रकृया अनुसार सदस्य वनाउनु पर्दा समय पर्याप्त समय नहुनु, एनएनआरएन अमेरिका र आईसीसी भित्र देखिएका विभिन्न विवाद लगायतका कारणले केही कम भएको हो ।’

यस पटक सदस्यता लिनका लागि आईसीसीको प्रावधान अनुसार एमआईएस सिस्टम लागु गरिएको थियो । यसका लागि स्मार्ट एनआरएनए एप खोलेर सदस्यता लिनु पर्थ्यो ।

आईसीसीले समयमा एप उपलव्ध नगराउँदा नयाँ सिस्टममा गएर सदस्यता लिने पर्याप्त समय भएन पराजुलीले भने-‘तर, अहिले जति हुनुभयो म भन्छु यो संख्या पनि ठुलो हो । धेरैले यति पुग्छ भनेर पत्याएका पनि थिएनन् । हामीले यसका लागि मेहिनेत पनि गरेका थियौं । त्यही भएर यति सदस्यता पुग्यो ।’

एनआरएनए अमेरिका भित्र वर्तमान कार्यसमितिले पदभार ग्रहण गर्दाकै दिन देखि विवाद शुरु भएको थियो । पदभार हस्तान्तरण सहज रुपमा भएन । यो विवादको असर आईसीसी सम्म पुर्यो । गुट उपगुट भन्यो । अर्को एनआरएनए अमेरिका बन्यो भन्ने सम्मका विवाद भयो । आईसीसी पनि यो विवादमा मुछियो ।

गत चुनावमा भाग लिएर पराजित भएकाहरुले निर्वाचन नतिजा त स्विकारे तर, त्यसपछि उनीहरुको भुमिका फुटाउने, विवाद वढाउने खालको बन्यो ।

‘हो यस्ता कार्यले पनि सदस्यता जति बढ्नु पर्नेथियो’ डिलु पराजुलीले भने -‘विगतमा धेरै नकारात्मक हल्ला फैलाईयो । भ्रम छर्ने काम भयो । यसमा निर्वाचनमै सहभागी भएका साथिहरु पनि लाग्नु भयो जुन दुर्भाग्यपुर्ण थियो ।’

विभिन्न अफवाह, भ्रम फैलाने प्रयास चिर्दै सदश्यता अभियान संचालन गर्नु परेको थियो, उनले भने एनआरएनए विवाद मात्र गर्छ केही पनि गर्दैन भन्नेलाई यस्तो होइन यो संस्था चाहिन्छ भन्ने विश्वास दिलाउनु पर्ने थियो । हामीले यसका लागि सके जति गरेका थियो ।

डिलु पराजुली वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् । उनले आउने कार्यकालका लागि अध्यक्ष भन्ने तयारीमा छन् ।

किन तपाई आउने कार्यकालका लागि नेतृत्वको दावी गर्दै हुनुहुन्छ ?

डिलु पराजुली वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् । उनले आउने कार्यकालका लागि अध्यक्ष भन्ने तयारीमा छन् ।
डिलु पराजुली वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् । उनले आउने कार्यकालका लागि अध्यक्ष भन्ने तयारीमा छन् ।

डिलु भन्छन् हामीले एनआरएनए विदेशमा वस्ने नेपालीको साझा संस्था हो भन्ने विश्वास दिलाउनु पर्ने छ । यसका लागि सकरात्मक सोच राखेर म नेतृत्वमा जानु खोजेको हुं । मैले विदेशमा रहंदा भोग्दै आएका समस्या हामी सवैका साझ समस्या हुन् । हामी सबैले भोग्दै आएका समस्यालाई सम्वोधन गर्न एनआरएनए चाहिन्छ भन्ने मलाई लाग्छ । सदस्यता विस्तार अभियानवाट पनि मैले सिक्ने मौका पाएं ।

एनआरएनएको नेतृत्वले कुरा मात्र गरेर नहुने डिलुले वताए अव काम गरेर देखाउनु पर्छ म यसका लागि सक्षम छु । समय छुट्याएको छु ।

तपाईका मुद्दा के हुन त ? यो मेरो मात्र मुद्दा होइनन हामीसवैका मुद्दा एउटै हुन् ।

पहिलो नागरिकताको निरन्तरता नै हो । जसले विदेशी नागरिकता लिनु अघि नेपाली नागरिकता लिनु भएको छ उहाँहरुको त्यो नागरिकता कायम हुनपर्छ भन्ने मेरो मुद्दा हो ।

विदेशमा बस्ने नेपालीलाई घरमा जांदा भिषा लिनु पर्ने, मेरो नागरिकता यो तेरो नागरिकता त्यो भनेर फरक गर्नु हुदैंन । हामी जहां भएपनि नेपाली हौं नेपाली नै हुन चाहान्छौं । हामीले यो कुरा नेपालमा राम्रो संग वुझाउन सकेका छैनौं पराजुलीले भने म यसका हामीले केही भुमिका वढाउनु पर्छ भन्ने पक्षमा छु ।

नेपालीले पाएको नागरिकतालाई निरन्तरता गर्दा लाभै लाभ भएको म देख्छु । एनआरएनए नागरिकताको व्यवस्था अपुर्ण हो अमेरिका वस्ने धेरै नेपालीहरु एनआरएनए नागरिकता भन्दा पनि नागरिकताको निरन्तरता होस भन्ने चाहानु हुन्छ ।

नागरिकतासंग नेपालमा भएको हाम्रो सम्पत्ति पनि जोडिएको छ । यसलाई उदार भएर नहेर्ने हो भने नेपालमा समाजिक र आर्थिक दुवै समस्या आउंछ । मेरो कार्यकालमा म यही मुद्दा उठाउंछु ।

त्यस पछि यहां वस्ने नेपाली समुदायका समस्या छन् । हामी मिलेर नै हाम्रो समस्या समाधान गर्ने हो । मर्दा र पर्दा समुदायनै चाहिन्छ । सामाजिक हुदां नै हाम्रा समस्यहरु सहज समाधान हुन्छन् एनआरएनए अभियानले यसमा योगदान गर्न सक्छ भन्ने मलाई लाग्छ ।

यी यस्तै मेरो २१ वटा एजेण्डा छन् । तर, बोल्ने मात्र होइन काम गरेर देखाउनुपर्छ भन्ने पक्षमा म छु ।

सवै चुनाव नगरी मिलेर जान सकिदैंन । डिलु भन्छ यस्तो हुन सक्यो भने राम्रो हो । तर, चुनाव पनि प्रजातान्त्रिक प्रकृया नै हो । तर, हामी यसको नियम मान्न तयार छौं भने केही फरक पर्दैन । म यही प्रकृयामा विश्वास गर्छु । मेरा लागि हार जीत ठुलो होइन ।