मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
मुख्य समाचार   

नेपालले आइटीबाट बर्सेनि ५० अर्ब रुपैयाँ बढी आम्दानी गर्दै

नेपालले आइटीबाट बर्सेनि ५० अर्ब रुपैयाँ बढी आम्दानी गर्दै

करिब ७ हजार कम्पनी, ६७ हजार नेपाली संलग्न


अमेरिका । नेपालले कम्युटरमा आधारित सूचना प्रविधि व्यवसाय (आइटी) क्षेत्रबाट वार्षिक ५० अर्ब रुपैयाँ बढी विदेशी मुद्रा आर्जन गर्दै आएको प्रतिवेदन सार्वजनिक भएको छ । यो नेपालले पर्यटन क्षेत्रबाट आम्दानी गर्नेभन्दा बढी विदेशी मुद्रा हो ।

आर्थिक क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्दै आएको संस्था सर्वागीण विकास अध्ययन संस्था (आइआइडिएस)ले गरेको सर्वेक्षणले आइटी क्षेत्रबाट वार्षिक ५० करोड १५ लाख डलर प्राप्त हुँदै आएको उल्लेख छ ।

उक्त केन्द्रका अध्यक्ष तथा सांसद डा स्वर्णिम वाग्लेले उक्त सर्वेक्षण सार्वजनिक गर्दै करिब ६७ हजार नेपाली आइटी कम्पनीमा संलग्न रहेको जानकारी दिए । आइटीमा काम गर्न करिब ७ हजार नेपाली कम्पनी स्थापना भएका छन् ।

अमेरिकाले नेपालको आइटी क्षेत्रलाई सहयोग गर्न चाहिरहेको बेला यो तथ्यांक सार्वजनिक भएको हो । अमेरिकी सरकारका उच्च अधिकारीहरुले पटक पटक नेपालको आइटी क्षेत्रको प्रवर्द्धनका लागि अमेरिका सहयोग गर्न इच्छुक रहेको बताउँदै आएका छन् ।

नेपालमा आइटी व्यवसायको सम्भावना भएको क्षेत्र भएकाले अमेरिकाले यसको प्रवर्द्धनका लागि सहयोग गर्न चाहेको हो । अहिले नेपालका विभिन्न सहरमा आइटी पढाउने कलेज खुलेका छन् । यसमा हजारौँ विद्यार्थी अध्ययनरत छन् ।

आइटी क्षेत्रमा ठूलो सम्भावना रहे पनि हालै सार्वजनिक बजेटमा यस क्षेत्रका लागि झारा टार्ने गरी कार्यक्रम राखिएको वाग्लेले गुनासो गरे ।

नेपालको आइटी क्षेत्रमा अमेरिका बस्ने नेपालीले कसरी योगदान दिन सक्छन् भन्ने विषयमा पनि अमेरिकामा चासो बढेको छ । नेपालीले स्थापना गरेका केही आइटी कम्पनीले यसका लागि अमेरिकामा पहल गरिरहेका छन् ।