अमेरिका समाचार

आइबिसीद्वारा मन्दिरलाई ६२ हजार डलर सहयोग

आइबिसीद्वारा मन्दिरलाई ६२ हजार डलर सहयोग


ड्यालस (टेक्सस) । टेक्ससको थोक बिक्रेता कम्पनी इण्डिपेन्डेन्ट बायर कम्पनी (आइबिसी) ले नेपाली मन्दिरलाई ६२ हजार डलर सहयोग गरेको छ ।

आइतबार युलेस स्थित नवनिर्मित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजित कार्यक्रममा आइबिसीका रब नाइटले ६२ हजार ६ सय ७८ डलर ४४ सेन्टको चेक हस्तान्तरण गरे ।

Advertisement

आइबिसीले मन्दिरलाई बार्षिक रुपमा सहयोग बढाउँदै जाने र नेपाली समुदायको व्यापारिक कारोवार वृद्धिसँगै मन्दिरलाई दिने रकम समेत बढ्ने नाइटले त्यस अवसरमा बताए ।

यो गत वर्षको सहयोग हो । यो वर्ष सन् २०२३ को रकम अझै धेरै हुने विश्वास लिएको छु नाइटले भने । नेपाली व्यापारीहरुले आइबिसीसँग गरेको कारोवारबाट कम्पनीले प्राप्त गर्ने नाफाको अंश मन्दिरलाई दिन सुरुवात भएको हो ।

आगामी दिनमा बार्षिक एकलाख डलरको हाराहारीमा सहयोग हुने अनुमान गरिएको छ ।

चेक हस्तान्तरण समारोहमा मन्दिर बार्ड अफ ट्रष्टीका अध्यक्ष रमेश पोखरेल, उपाध्यक्ष डा. प्रेम अधिकारी, मन्दिर कार्यकारिणी समितिकी अध्यक्ष सीता बस्नेत सापकोटा, मन्दिर फण्डरेजिंग समितिका भुवन आचार्य लगायतका पदाधिकारीहरुको उपस्थिती थियो ।

शेयर गर्नुहोस:

16k
Shares