मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   
हिमालय खबर तस्विर   

आइबिसीद्वारा मन्दिरलाई ६२ हजार डलर सहयोग

आइबिसीद्वारा मन्दिरलाई ६२ हजार डलर सहयोग


ड्यालस (टेक्सस) । टेक्ससको थोक बिक्रेता कम्पनी इण्डिपेन्डेन्ट बायर कम्पनी (आइबिसी) ले नेपाली मन्दिरलाई ६२ हजार डलर सहयोग गरेको छ ।

आइतबार युलेस स्थित नवनिर्मित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजित कार्यक्रममा आइबिसीका रब नाइटले ६२ हजार ६ सय ७८ डलर ४४ सेन्टको चेक हस्तान्तरण गरे ।

आइबिसीले मन्दिरलाई बार्षिक रुपमा सहयोग बढाउँदै जाने र नेपाली समुदायको व्यापारिक कारोवार वृद्धिसँगै मन्दिरलाई दिने रकम समेत बढ्ने नाइटले त्यस अवसरमा बताए ।

यो गत वर्षको सहयोग हो । यो वर्ष सन् २०२३ को रकम अझै धेरै हुने विश्वास लिएको छु नाइटले भने । नेपाली व्यापारीहरुले आइबिसीसँग गरेको कारोवारबाट कम्पनीले प्राप्त गर्ने नाफाको अंश मन्दिरलाई दिन सुरुवात भएको हो ।

आगामी दिनमा बार्षिक एकलाख डलरको हाराहारीमा सहयोग हुने अनुमान गरिएको छ ।

चेक हस्तान्तरण समारोहमा मन्दिर बार्ड अफ ट्रष्टीका अध्यक्ष रमेश पोखरेल, उपाध्यक्ष डा. प्रेम अधिकारी, मन्दिर कार्यकारिणी समितिकी अध्यक्ष सीता बस्नेत सापकोटा, मन्दिर फण्डरेजिंग समितिका भुवन आचार्य लगायतका पदाधिकारीहरुको उपस्थिती थियो ।