बोस्टन, अमेरिका । ग्रेटर बोस्टन नेपाली समुदाय (GBNC-Greater Boston Nepali Community)को निर्वाचन सम्पन्न भएको छ । संस्थाको विधानअनुसार आगामी कार्यकालका लागि निर्वाचनमार्फत अन्जु थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको विधानअनुसार आगामी दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न सेप्टेम्बर २५ तारिख आइतबार निर्वाचन सम्पन्न भएको हो । संस्थाको नेतृत्व लिन अध्यक्ष पदका…