मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
मुख्य समाचार   

एनआरएनए अमेरिका अध्यक्ष पदका उम्मेदवार भन्छन् ‘नेपाली नागरिकताको निरन्तरता नै हाम्रो माग’ (भिडियो सहित)

एनआरएनए अमेरिका अध्यक्ष पदका उम्मेदवार भन्छन् ‘नेपाली नागरिकताको निरन्तरता नै हाम्रो माग’ (भिडियो सहित)


अमेरिका । एनआरएनए अमेरिका नेतृत्वका आकांक्षी दुवै जना अध्यक्ष पदका उम्मेदवारले गैर आवासीय नागरिकता होइन नेपाली नागरिकताको निरन्तरता हुनुपर्नेमा जोड दिएका छन् । यसका लागि अन्य देशका एनसीसी र आईसीसीसँग समन्वय गरेर अघि वढ्ने उनीहरुले बताए ।

हिमालयखवरले अध्यक्षका दुबै उम्मेदवारहरूसँग गरेको प्रेसिडेन्सियल बहशका क्रममा उनीहरूले गैर अावासीय नागरिकता नभै वंशजका अाधारमा प्राप्त नागरिकता निरन्तर हुनुपर्नेमा जोड दिए । एनआरएनए नागरिकता कि एक पटकको नेपाली सधैको नेपाली भन्ने हाम्रो पहिलो प्रश्न थियो ।

नेपाली नागरिकताको निरन्तरता हुनुपर्छ भन्ने हाम्रो माग हो तर, यो सजिलै प्राप्त हुँदैन यसका लागि थप पहल गर्नु पर्नेमा दुवै जना सहमत थिए । तर, यसलाई कसरी गर्न सकिन्छ भन्ने विषयमा भने केही फरक थियो । डा. अर्जुन बञ्जाडेले गैर आवासीय नेपाली नागरिकतबा र एनआरएनए नागरिकता फरक भएको बताए । हाम्रो माग एनआरएनए नागरिकता होइन नागरिकताको निरन्तरता नै हो उनले भने तर, यसका लागि संविधाननै संशोधन गर्नु पर्छ । यसलाई हाम्रो अधिकार नभनी देशकै फाइदाका लागि हो भने वुझाउन सक्यो भने प्राप्त गर्न सकिन्छ ।

एनआरएन नागरिकडा बञ्जाडेले नेपाली नागरिकताको निरन्तरता हुनुपर्छ भन्नेजानु पर्नेमा दुई मत नभए पनि यसलाई अधिकारको रुपमा लविगं नगरी नेपालकै लागि फाइदाको विषय हो भनेर जानु पर्ने वताए । थप पहल चाहिन्छ ।

अर्का अध्यक्ष पदका उम्मेदवार डिलु पराजुलीले नेपाली नागरिकताको निरन्तरता हुनुपर्छ मुख्य विषयरहेको बताए । ‘हामीले पाईसकेको नेपाली नागरिकताको निरन्तरतानै हाम्रो मुख्य लडाई हो’ पराजुलीले भने एनआरएनए नागरिकता हाम्रो माग होइन हाम्रो माग र नागरिकताको निरन्तरता नै हो । हामी नेपाललाई मननपरायर विदेश गएका होइनौ । आफ्नो र देशका लागि केही गर्न सकिन्छ भनेर विदेश गएक छौ त्यसैले नागरिकताको निरन्तरता हाम्रो अधिकार पनि हो । यसका लागि हामीले थप पहल गर्नु पर्छ र म गर्छु पराजुलीले भने यसमा भाषण गरेर मात्र पुग्दैन ।

नेपालको संविधानमा एनआरएन नागरिकताको प्रावधान राखिएको छ, अहिले यो कार्यान्वयनका लागि नियम कानुन वन्दै छन् ।

अहिलेसम्म यो मुद्दालाई भिन प्रभावकारी रुपमा उठाईन् ? पराजुलीले भन्छन् यसमा केही पहलहरु भएका हुन् । वर्तमान कार्यसमितिले पनि पहल गरिरहेको थियो । तर, यो अझ पर्याप्त भएन कि भन्ने छ यसलाई अझ वुलन्द रुपमा उठाउनु पर्छ ।

यसमा डा. वञ्जाडेको धारणा छ-यो विषय अमेरिका क्यानडा लगायतका देशका लागि वढी चासोको विषय हो यो मुद्दालाई आईसीसी मार्फत अझ प्रभावकारी रुपमा उठाउनु पर्छ यो मुद्दालाई अधिकारको रुपमा होइन नेपालको फाइदाको विषय हो भन्ने गरी उठाउनु पर्छ । नागरिकतकाो निरन्रतता भए विदेशमा बस्ने नेपालीको लगानी वढ्छ र देशलाई फाइदा पुग्छ भन्ने वुझाएर जान सक्नु पर्छ ।

पुरा बहस सुन्नका निम्त यो भिडियो यो हेर्नेुहोला ।