मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
मुख्य समाचार   

पावरवल ज्याकपट ८७ करोड ५० लाख डलर पुग्यो

पावरवल ज्याकपट ८७ करोड ५० लाख डलर पुग्यो


अमेरिका- पावरवल चिठ्ठाको ज्याकपट पर्यो भने ८७ करोड ५० लाख अमेरिकी डलर जित्न सकिने छ । तर संभावनाको गणित अनुसार चिठ्ठा किन्ने मध्ये झण्डै ३० करोडमा एक जनालाई मात्र पर्ने छ ।

गत वुधवार यो चिठ्ठाको अंक निकाल्दा कसैलाई पनि नपरेकाले यसको पुरष्कार राशी वढ्दै गएर नेपाली रुपैंयामा झण्डै १ खर्ब पुगेको हो । तर, चिठ्ठा पर्नेले यसको करिवआधा मात्र पाउंछन् । बांकी कर लगायतमा जान्छ ।

स्टोरमा गएर दुई रुपैंयामा किनेको चिठ्ठाका सवै ६ अंक मिलेभने तपाई एकै पटक अर्बपती हुनुहुनेछ । विगत ३६ वटा नतिजा खुल्दा समेत कसैलाई पावरवल ज्याकपट परेन । तर, यसका लागि भाग्यमानी मात्र भएर पुग्दैन अनितनै अतिनै भाग्यमानी हुनु पर्ने छ ।

वुधवारको पावरबल ज्याकपट कसैलाई परेन । तर, पांच वटा अंकभने दुईवटा टिकमा मिल्यो ।

केही महिना अघि पनि पावरबलको ज्याकपट २ अर्ब चार करोड डलर पुगेको थियो । यो क्यालिफोर्नियाका एक जनाले जितेका थिए । अमेरिकामा बार्षिक ७० अर्ब डलर बरावरका चिठ्ठाको कारोवार हुन्छ । त्यस मध्ये पावरवल र मेगा मिलियनमा ७० प्रतिशत जाने गर्छ ।