अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हुनगइरहेको ‘नेपाल डे’ (Nepal Day)को तयारी अन्तिम चरणमा पुगेको छ। नेपालीपन, नेपाली पहिचान र नेपालीत्व झल्काउने गरि आयोजना गर्न लागिएको 'नेपाल डे' कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। कार्यक्रम बोस्टन स्थित ‘ग्रेटर बोस्टन नेपाली समुदाय'(जिबिएनसी) र एभरेट सिटीको संयुक्त आयोजनामा हुन गइरहेको छ। प्रवेश शुल्क नलाग्ने यो खुल्ला कार्यक्रम…