मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
न्युयोर्क   
मुख्य समाचार   

एनआरएनए चुनाव तालिका सोल्टी होटल र अनलाइन मार्फत अक्टोबर १९ मा मतदान

एनआरएनए चुनाव तालिका सोल्टी होटल र अनलाइन मार्फत अक्टोबर १९ मा मतदान


अमेरिका- विदेशमा वस्ने नेपालीको संस्था गैरआवासीय नेपाल संघको निर्वाचन अक्टोबर १९ (कात्र्तिक ७) मा हुने भएको छ । हाइव्रिड मार्फत एनआरएनए सम्मेलन स्थल काठमाडौको सोल्टी होटल र अनलाइनवाट उक्त दिन मतदान हुने एनआरएनए निर्वाचन समितिले जनाएको छ ।

एनआरएनए करिव १ लाख सदश्य भएको संस्था हो । संस्थाको नेतृत्व चयनका लागि विभिन्न देशवाट छनौट भएका प्रतिनिधि डेलिगेटले मत दिन पाउंछन् । मतदाता संख्या करिव ४२ सय छ ।

यो निर्वाचनले एक जना अध्यक्ष, ६ जना उपाध्यक्ष, १ महिला र १ युवा उपाध्यक्ष, १ महासचिव, २ जना उपमहासचिव, एक जना महिला सहित ७ जना सचिव, एक कोषाध्यक्ष लगायत २० पदमा पदाधिकारीहरुको चयन गर्ने छ । उम्मेदवार वन्न अध्यक्षका लागि ५ लाख रुपैंया ताकिएको छ । उपाध्यक्षका लागि ३ लाख ५० हजार र महासचिवका ३ लाख रुपैया तोकिएको छ ।

एनआरएनए निर्वाचन तालिका निम्न छ ।