मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
अमेरिका समाचार   
टेक्सस   

विदेशको नागरिकता लिएका नेपालीलाई ‘गैर आवासीय नागरिकता’

विदेशको नागरिकता लिएका नेपालीलाई ‘गैर आवासीय नागरिकता’

महंगो शुल्कको एनआरएन कार्ड कायमै राख्ने संकेत


himalayanakkhabar

ड्यालस (अमेरिका) । नागरिकता नियमावलीमा संशोधन गरेर नेपाल सरकारले विदेशमा रहेका नेपालीमुलका व्यक्तिहरुलाई नेपाली नागरिकता लिन पाउने अधिकार दिएको छ ।

गत साता नेपाल सरकारले पारित गरेको ‘नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८०’ पारित भएपछि नेपाल बाहिर रहेका नेपालीमुलका व्यक्तिहरुले गैर आवासीय नेपाली नागरिकता लिन पाउने अधिकार दिएको हो । नियमावली अनुसार नेपालीमुलका व्यक्तिहरुले आफू रहेको देशको नागरिकता लिइसकेको अवस्थामा संबन्धित देशमा रहेका नेपाली दूतावास मार्फत वा नेपालमा जिल्ला प्रशासन कार्यालयहरुबाट यस्तो नागरिकता लिन पाउनेछन् ।

गैर आवासीय नेपाली नागरिकता लिनेहरुले नेपालको सरकारी सेवा गर्न (जागिर गर्न) र चुनावमा मत दिन, उम्मेदवार हुन भने पाउने छैनन् । एक हिसाबले अमेरिकी ग्रीनकार्ड जस्तै सुविधा मात्र यो नागरिकता वाहकहरुले पाउनेछन् । नेपालमा व्यबसायमा लगानी गर्न, सम्पत्ति किनबेच गर्न भने यो नागरिकताले अधिकार प्रदान गरेको छ ।

गैर आवासीय नेपाली नागरिकता लिनका लागि विदेशी मुलुकको नागरिकताको प्रतिलिपी, राहदानीको प्रतिलिपी लगायतका कागजातहरु संलग्न गरेर निवदेन दिनुपर्नेछ ।

एनआरएन कार्ड जीवितै राख्ने प्रयासः

Himalayan khabar

गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सुरु भएपछि ‘गैर आवासीय नेपाली (एनआरएन) कार्ड’ को औचित्य समाप्त हुने चर्चा चलेकोमा त्यसलाई झनै वाध्यकारी बनाउन खोजिएको छ ।

विदेशमा रहेका नेपालीहरु ‘गैर आवासीय नेपाली नागरिकता पाइयो’ भनेर खुशीले बुर्कुरी मार्दै उफ्रिरहेका छन् । तर एक दशकदेखि वितरण हुँदै आएको एनआरएन कार्ड पनि लिनै पर्ने वाध्यता थोपर्न खोजिएको छ ।

गैर आवासीय नेपाली नागरिकताको आवेदन दिँदा आवेदन फर्मको नम्बर–३ मा गैर आवासीय परिचयपत्रको विवरण भर्नुपर्ने वाध्यता बनाइएको छ । गैर आवासीय नेपाली परिचय पत्र संबन्धित देशमा रहेका नेपाली दूतावासहरुले महंगो शुल्क अशुल गरेर दिँदै आएका छन् । जस्तै अमेरिकामा रहेका नेपालीमुलका व्यक्तिहरुले एनआरएन कार्ड लिनका लागि ५ सय डलर शुल्क तिर्नुपर्छ । त्यस्तै बेलायतमा तीनसय ६५ पाउण्ड तिर्नुपर्छ । अष्ट्रेलियामा ५ सय ७२ डलर, क्यानडामा ६ सय ९० डलर, युरोपमा ५ सय अमेरिकी डलर तिर्नुपर्छ ।

नागरिकताको आवेदन फर्ममा गैर आवासीय नेपाली परिचयपत्र वाहकको नाम थर, परिचयपत्र नम्बर र जारी भएको मितिको विवरण भर्नुपर्ने व्यबस्था गरिएको छ । यो व्यबस्थाले नागरिकता प्रदान गर्ने नाममा घुमाई फिराई नेपाल सरकारले एनआरएन कार्ड पनि वाध्यकारी बनाएर त्यस वापत लिदै आएको शुल्क उठाइरहन खोजेको छ ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष हेमराज शर्माले पनि सरकारले घुमाएर कार्डको शुल्क लिन खोजेको अनुमान गरे । उनले भने–‘यस्तो गर्न दिनु हुँदैन ।’