मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
प्रेस विज्ञप्ती / सूचना पाटी   

सेप्टेम्बर ३० तारिक टेक्ससमा नेपाली परेड हुँदै

सेप्टेम्बर ३० तारिक टेक्ससमा नेपाली परेड हुँदै


ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससले स्थापनाको रजत जयन्ति भव्य रुपमा मनाउने भएको छ ।

समाजको गत साता बसेको बैठकले स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा बर्षैभरि बिभिन्न कार्यक्रमहरु गर्ने क्रममा यही यही सेप्टेम्बर ३० तारिक शनिबार भव्य सांस्कृतिक परेड आयोजना गर्ने तयारी गरेको छ । ड्यालस–फोर्टवर्थ मेट्रोप्लेक्सको युलेस सिटीमा आयोजना हुने सांस्कृतिक परेडको लागि व्यापक तयारी भइरहेको छ ।

सांस्कृतिक परेड, झाँकी सहितको कार्यक्रम आयोजना गर्नका लागि समाजका सदस्यहरु विजय भुसाल, जेनिन पुरी, मकर बज्राचार्य र बलराम पौडेल रहेको उपसमिति गठन भएको छ । युलेसमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरबार बिहान साढे ९ बजे सांस्कृतिक झाँकी निस्कनेछ ।

उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि बिभिन्न १० वटा उपसमितिहरु गठन भएर जिम्मेवारी बाँडफाँड गर्ने निर्णय समेत भएको छ ।

सन् १९९७ मा नेपालबाट आएर बसेका नेपाली आप्रवासीहरुले टेक्ससमै पहिलोपल्ट नेपाली समाज टेक्सस स्थापना गरेका थिए । तत्कालिन समयमा नेपालीहरुको निकै पातलो उपस्थिती टेक्ससमा रहेकोमा अहिले ड्यालस फोर्टवर्थ, ह्युस्टन, अस्टिन, सान एन्टेनियो, लबक, वेको लगायत टेक्ससका अधिकांश ठूला शहरहरुमा नेपालीहरुको बाक्लो उपस्थिती रहेको छ ।

सेप्टेम्बर ३० तारिक बिहान हुने सांस्कृतिक परेड र झाँकीमा सहभागिताका लागि नेपाली समाज टेक्ससले टेक्ससका सबै नेपाली समुदायलाई अपिल समेत गरेको छ ।

बैठकले अाउँदो साधारणमा समाजको यसै वर्ष हुने नयाँ कार्यसमितिको चयनका लागि निर्वाचन समिति समेत गठनको लागि प्रस्ताव गरेको छ । बैठकले बैकुण्ठ थापा, निरज श्रेष्ठ, भीम कार्की–सिपिए, महेश नेपाल र सीता सापकोटा रहनुभएको निर्वाचन समितिमा प्रस्तावित गरिएको छ । त्यस्तै दिनेश शर्मा, विजयराज भट्टराई, पदम भण्डारी, प्रयास बास्तोला र मनोज सिग्देल रहनुभएको सदस्यता समितिमा प्रस्तावित गरिएको छ । अाइतबार हुने साधारण सभामा दुइ समिति गठनको प्रस्ताव पेश गर्ने तयारी भएको छ ।