मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

दशैं तिहारको अवसर पारेर अमेरिकामा अस्मिताको पहिलो सांगीतिक यात्रा हुदै

दशैं तिहारको अवसर पारेर अमेरिकामा अस्मिताको पहिलो सांगीतिक यात्रा हुदै


नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी नवोदित गायिका अस्मिता अधिकारीको अमेरिकामा पहिलो पटक सांगीतिक यात्रा हुने भएको छ। नेपालीहरुको महान चाड बडा दशैं र तिहारको अवसर पारेर अमेरिकामा पहिलो पटक उनको सांगीतिक यात्रा हुन लागेको हो। कर्णप्रिय स्वर की धनी उनले आफ्नो सांगीतिक यात्राका क्रममा अमेरिकाको विभिन्न सहरहरुमा पुगेर आफ्ना समर्थक तथा शुभचिन्तकहरुसंग साक्षात्कार गर्दै आफ्ना चर्चित सांगीतिक कोसेलीहरु पस्किने भएकी हुन्। पेशाले स्वास्थ्यकर्मी भएतापनि सांगीतिक क्षेत्रमा कमाएको चर्चाले उनलाई गायिकाको परिचयले स्थापित गराएको छ। यस सांगीतिक यात्राका क्रममा गायिका अधिकारीलाई अर्का जल्दोबल्दो बहुमुखी प्रतिभाका धनी युवा गायक हेर्कुलेस् बस्नेतले साथ दिदै छन्। उनको पनि अमेरिकाको सांगीतिक यात्रा पहिलो हो। उक्त सांगीतिक यात्रा यही आउदो अक्टोबर २० तारिख सुक्रवारदेखि डिसेम्बर ३ तारिख आइतवारसम्म हुने गरी आवश्यक तयारी भइरहेको जनाइएको छ। ‘दशैं तिहार-२३, सांगीतिक यात्रा, अमेरिका’ नाम दिइएको यस सांगीतिक कार्यक्रमको प्रस्तुति लाइभ एट प्रिजेन्ट(Live at Present)को रहेको छ भने, व्यवस्थापकीय संयोजनकारी सहकार्यको भूमिका फ्यूजन इन्टरनेश्नल(Fuzon International, कोसेली इभेन्ट्स्, अमेरिका( Koseli Events,USA) र प्लानेट ३ फिल्मस्( planet 3 Films)ले संयुक्त रुपमा गर्न लागेको हो।

कार्यक्रमको आवश्यक तयारी द्रुत गतिमा भइरहेको जानकारी, कार्यक्रमको आयोजनामा सहकार्य गर्ने कोसेली इभेन्ट्स् (Koseli Events), अमेरिकाका कार्यकारी प्रमुख अर्जुन जंग कुँवरले दिएका छन्। उनका अनुसार अधिकारीको उक्त सांगीतिक यात्रा नेपालीहरुको महान चाड बडा दशैं र तिहारको अवसर पारेर गर्न लागिएको हो। विविध कारणले तन नेपाली भूमिबाट टाढा रहेर पनि नेपाल, नेपाली र नेपाली संगीतसंग मनको सामिप्यता भने आघात रहेका मूलवासी नेपालीहरुलाई लक्षित गरेर उक्त कार्यक्रम गर्न लागिएको कुँवरले जानकारी दिए। कार्यक्रमको बारेमा जानकारी दिदै उनले भने, ‘कार्यक्रमको तयारी द्रुत गतीमा भइरहेको छ। टिकट बिक्री खुला गरिसकिएको छ। संगसैगै अन्य आवश्यक व्यवस्थापकीय तयारीहरु पनि भइरहेको छ।’ नेपाली महान चाड वडा दशैं र तिहारको अवसर पारेर हुन लागेको कार्यक्रमले नेपाली सांगीतिक माहोल सृजना गरेर अमेरिकामा रहेका नेपालीहरुको दशैं र तिहार पर्व थप उल्लासमय बनाउने कुँवरको विश्वास छ। उक्त कार्यक्रम, नेपाली सांगीतिक क्षेत्रलाई थप उचाइमा पुर्याउन गायिका अधिकारी र बस्नेतले पुर्याइरहेको योगदानको सम्मान पनि भएको बताउदै कुँवरले भने, ‘यो कार्यक्रम मनोरञ्जनात्मक हुनुको साथै कलाकार द्वय अधिकारी र बस्नेतको सम्मानका लागि पनि हो। जसले नेपाली सांगीतिक क्षेत्रलाई माथि उठाउन महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।’ कार्यक्रम अक्टोबर २१ तारिख सनिवार टेक्सास राज्यको ड्यालस सहरबाट प्रारम्भ हुने र बोस्टन, बाल्टिमोर, भर्जिनिया, सान फ्रान्सिस्कोलगायत सहरमा हुने जनाइएको छ।

युवाहरुको माझ चर्चामा रहेकी अधिकारीले गाएका-तिम्रो मायाले बाधेर राख, ढल्केला ढल्केला, नलाएको माया, बारुली कम्मर तिमीलाई, साली मन पर्यो, त्यो जुनेली रात, मुखै चिलाउनी, गायक सुनिल गिरीको ‘को होला त्यो’ (Female Version), चम्चा पिलेट, यो मेरो जीवनको कुरा…लगायत सयौं गीतहरु एकपछि अर्को गरी चर्चाको शिखर चड्दै गरेका छन्। झापाको दमकमा आफ्नो बाल्यकाल बिताएकी अस्मिता, सानैदेखि नै गायनमा रुचि राख्ने गर्थिन्। बाल्यकालमा भजन किर्तनबाट आफ्नो गायनयात्रा सुरु गरेकी अधिकारीले परिवार, साथीसंगी, शिक्षकहरु गायतको प्रेरणाले सांगीतिक क्षेत्रमा होमिएको बताउदै आएकी छन्। झापाको दमकबाट परिवारसहित काठमाण्डौं बसाइँ सरेकी उनले बिएसि नर्सिङसम्मको अध्ययन गरेकी छिन्। नेपाल आइडलको सिजन-२ मा भाग लिएर तेस्रो स्थान हासिल गर्न सफल उनले आफ्नो गलाको जादु प्रदर्शन गर्दै दर्शक श्रोताको मन जित्न सफल भएकी थिइन्। यही मञ्चले नै उनलाई नेपाली सांगीतिक क्षेत्रमा एकाएक स्थापित हुन ढोका खोलिदिएको थियो। निरन्तर लगाव, कडा परिश्रम, साधना, साथ, सहयोग र उत्पेरणाका कारण आज उनी चर्चाको शिखर चुम्दै छिन्। र, देश विदेशमा उनको कलाप्रतिको आकर्षण र माग बढ्दो छ।

कार्यक्रम आयोजकले जनाए अनुसार, उक्त कार्यक्रममा धेरै युवाहरुको प्राथमिक रोजाइमा पर्दै गरेका अर्का चर्चित गायक हेर्कुलेस् बस्नेतले पनि गायिका अधिकारीसंगै मञ्च साझा गर्दै आफ्ना सांगीतिक कोसेलीहरु पस्किने भएका छन्। रचना, संगीत, गायन, संगीत संयोजन आदि क्षेत्रमा राम्रो दखल भएका बहुमुखी प्रतिभाका धनी बस्नेतले, कार्यक्रमलाई थप रौनकता दिने र दर्शक श्रोताहरुले भरपूर मनोरञ्जन लिन पाउने कार्यक्रम आयोजकले विश्वास लिएको छ। बस्नेतका-के यो माया हो…? , माया संसार…, तिमी आयौं……,म के भनु…,भनन…,कहाँ चुके …,उडुउडु लाग्छ…, सललल…, म को हुँ तिम्रो…लगायत दर्जनौं गीतहरु युवा माझ चर्चामा रहेका छन्।

पछिल्लो समय नेपाली गीत संगीत प्रेमी युवाहरुको रोजाइमा परिरहेका यि दुइ उदयमान कलाकारहरुसंग साक्षात्कार गर्दै सांगीतिक माहोलमा दशैं तिहार मनाउन, अमेरिकावासी मूलवासी नेपालीहरु पनि आतुर रहेका छन्।