अमेरिका समाचार

गणपुरक संख्या नपुगेपछि साधारण सभा स्थगित

गणपुरक संख्या नपुगेपछि साधारण सभा स्थगित

अर्को साधारण सभा अक्टोबर ८ मा


ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको आइतबार भएको साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको छ ।

साधारण सभाको लागि गणपुरक संख्या पुग्न सदस्य संख्याको ५१ प्रतिशत उपस्थिती हुनुपर्छ । तर आइतबारको साधारण सभामा ज्यादै कम उपस्थिती भएपछि दुई हप्तापछि अर्को साधारण सभा बोलाइएको छ ।

Advertisement

नेपाली समाज टेक्सस यो क्षेत्रकै सबैभन्दा ठूलो नेपाली संस्था हो । झण्डै चारहजार सदस्य नेपाली समाज टेक्ससमा आवद्ध छन् । पहिलो पटक स्थगित भएको साधारण सभा दोस्रो पटक हुँदा गणपुरक संख्या नपुगेपनि हुन्छ ।

अर्को साधारण सभा अक्टोबर ८ तारिक आइतबार दिउँसो १ बजेका लागि आव्हान गरिएको नेपाली समाजका अध्यक्ष राजेन्द्र वाग्लेले बताए ।

शेयर गर्नुहोस:

5k
Shares