मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए विश्व सम्मेलन : मुद्दामा भन्दा चुनावमा ध्यान

एनआरएनए विश्व सम्मेलन : मुद्दामा भन्दा चुनावमा ध्यान


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौँमा जारी विश्व सम्मेलन विदेशमा बस्ने नेपालीका मुद्दामा कम र चुनावी चहलपहलमा बढी केन्द्रित भएको छ । 
 
आज बुधबार एनआरएनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि दुई जना कुमार पन्त र कुल आचार्यको उम्मेदवारी परेको छ । दुवै वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुन् । 
 
चुनावमा चर्को प्रतिसपर्धा हुने स्थिति देखिएको छ । विशेष गरी कुलको पक्षमा नेपाली कांग्रेस पक्षधरहरुले लविङ गरिरहेका छन् । त्यसैले चुनावी माहोल तातेको छ । एनआरएनका विभिन्न ४२ पदमा निर्वाचन हुँदैछ । 
 
अमेरिकाबाट उपाध्यक्षका लागि डा केशव पौडेल, सोनाम लामा र रवीना थापाले उम्मेदवारी दिएका छन् । अमेरिका क्षेत्र संयोजक गौरी जोशीले सचिव पदमा उम्मेदवारी दिएका छन् । 
 
यस्तै, क्षेत्रीय संयोजक पदमा राजन त्रिपाठी र डा विनोद साहले उम्मेदवारी दिएका छन् । अमेरिकाको क्षेत्रीय संयोजकका प्रत्याशी नवीन शेरचन, क्षेत्रीय उपसंयोजक दिल्ली भट्टराई र वेद बस्नेतले भने संस्था र पद्धतिका लागि चल्नुपर्ने भन्दै आआफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 
 
उम्मेदवारी फिर्ता लिएको सम्बन्धमा क्षेत्रीय उपसंयोजक वेद बस्नेतले फेसबुकमार्फत भनेका छन्, ‘मेरा लागि एनआरएनएमा लाग्नु भनेको संस्थागत रुपमा एउटा अभियानमा आबद्ध हुनु हो । पदीय दायित्व निश्चिय पनि महत्वपूर्ण हुन्छ । तर, पद नै सबथोक भने होइन ।’ 
 
उनले भनेका छन्, ‘लगातार विभिन्न पदमा रहेर काम गर्दै आएको मैले यसपाला अमेरिकाज क्षेत्रको सहसंयोजक भएर काम गर्ने मनसुवा राखेको थिएँ । मलाई आवश्यक साथ, सहयोग र समर्थन दिन साथीहरु तयार रहनु भएकै हो । तर, परिस्थितिजन्य आवश्यकता, क्षेत्रीय सन्तुलन र विभिन्न साथीहरुको आग्रहमा मैले आफ्नो उम्मेदवारी नदिने निर्णय गरेको हुँ ।’ 
 
उनले ऐक्यबद्धता व्यक्त गर्ने सबैमा आभार व्यक्त गर्दै भविष्यमा पनि सँगै रहने विश्वास व्यक्त गरेका छन् । 
 
 
अमेरिका उपक्षेत्रीय संयोजक पदमा राम सी पोखरेलको मात्र अमेरिकाबाट उम्मेदवारी परेको छ । क्यानडाबाट उपक्षेत्रीय संयोजक पदमा अभिमन्यू बस्नेतले उम्मेदवारी दिएका छन् । 
 
निर्वाचनको माहोल तातेकाले अन्य मुद्दाहरु ओझेलमा परेका छन् । विधान, नागरिकता, आर्थिक प्रतिवेदनतर्फ डेलिगेटहरुले खासै चासो दिएका छैनन् । निर्वाचनमा केही विवादहरु छन् । डेलिगेटको विवाद छँदैछ । निर्वाचन समितिमा केही उजुरीहरु पनि परेका छन् ।