ग्लोबल नेपाली

न्यूयोर्कमा बलिहाङ चाड मनाइयो

न्यूयोर्कमा बलिहाङ चाड मनाइयो


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font

न्यूयोर्क । न्यूयोर्कमा बलिहाङ चाड तथा देउसी–भैलो चाड मनाइएको छ । न्यूयोर्कको ज्याक्सन हाइट्सस्थित नेपाली भान्छाघरमा भएको कार्यक्रममा नेपाली कला संस्कृति र परम्परालाई प्रस्तुत गरिएको थियो ।

दीपावली, बलिहाङ तथा देउसी–भैलो मनाउने कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामा) प्रमुख आतिथिको रुपमा रहेका थिए । त्यस्तै विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी तथा संस्कृतिप्रेमी र कलाकारहरुको उपस्थिति रहेको थियो ।

Advertisement

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा भएको कार्यक्रमले विदेशमा रहेर पनि आफ्नो मौलिक चाडपर्व, संस्कार र सांस्कृतिक पहिचानलाई झल्काइरहेको सहभागीहरुको भनाइ थियो ।

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष बसन्ती राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष विनोद राई र महासचिव सृजना राईले गरेका थिए ।

नेपाली मौलिक नृत्य, देउसी–भैलो तथा विभिन्न साङ्गीतिक प्रस्तुतिहरूले कार्यक्रममा विशेष रौनक थपेको थियो । कार्यक्रममा कलाकार सपना श्री, विमल डाँगी, वरिष्ठ नृत्य निर्देशक गोविन्द राईलगायत संस्थाका कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।