ग्लोबल नेपाली

ब्रिटिस कोलम्बियाको क्याम्लुप्समा पनि मनाईयो तिहार

ब्रिटिस कोलम्बियाको क्याम्लुप्समा पनि मनाईयो तिहार

- भुपेन्द्र शर्मा


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

क्याम्लुपस, क्यानाडा- क्यानाडाको ब्रिटिस कोलम्बिया राज्यको क्याम्लुप्समा पनि नेपालीहरुले तिहार पर्व भव्यताका साथ मनाएका छन । सो स्थानमा बसोबास गर्ने नेपालीहरू कोहिनुर रेस्टुरेन्टको सभा हलमा जम्मा भै तिहार पर्व मनाएका हुन । उनीहरुले सामुहिक रुपमा लक्ष्मी पूजा, गर्नुका साथै देउसी भैलो खेल्दै तिहार मनाएका थिए ।

नोभेम्बर १० का दिनमा नेपाली कल्चरल सोसाइटी अफ क्यामलुप्स ९नेस्का० ले आयोजना गरेको तिहार कार्यक्रममा सो क्षेत्र आसपासका नेपालीहरुको उल्लेख्य उपश्थिती रहेको थियो । संस्थाका अध्यक्ष रामबाबु पौडेलको संयोजन र सदस्य अनिष बरालले सञ्चालन गरेको सो कार्यक्रममा क्याम्लुप्स आसपास बसोबास गर्ने नेपालीहरुमात्र होइन नेपाली विद्यार्थीहरुको पनि सहभागिता थियो ।

Advertisement

तिहार कार्यक्रममा सांस्कृतिक नृत्य, गायन र बाद्य–बादन पनि प्रस्तुत गरिएको थियो । बालबालिकाको तर्फबाट रुबी पौडेल, नियना पोखरेल, रियोम पौडेल, आयान सुवेदी तथा महिलाहरूबाट प्रतिभा पौडेल, ईसु सापकोटा, पूजा अर्याल र ऋषिका सुवेदी र पुरुष तर्फबाट रामवावु पैडेल, मिलन मगर, आशिष अधिकारी, राजेन्द्र श्रेष्ठ र डोलेन्द्र गुरुङले आफ्नो प्रस्तुती दिएका थिए ।

नेपाली मौलिक भेष भुषामा सजिएका सहभागी र कलाकारको प्रस्तुतीले कार्यक्रममा रौनकता थपेको थियो । नेपाली बालबालिकाहरूको लागि नेपाली कक्षा सञ्चालन गर्दै आएकी डा। प्रनिता भूषणले यस्ता कार्यक्रमहरूले बालबालिकाहरूलाई आफ्नो कला संस्कृति तथा परम्पराको बारेमा ज्ञान दिने भएकोले निरन्तरता जरुरी रहेको धारणा राखिन । नेपालको नवलपुरबाट आएकी सुमित्रा बिडारीले आफ्ना नाती नातीनाहरु सहित कार्यक्रममा सहभागी हुन पाउदा आनन्द महशुुष भएको बताइन ।

त्यस्तै नेपालको धादिङबाट आफ्नी छोरी भेट्न आएका शिव र लक्ष्मी घिमिरे दम्पति आफूलाई देउसी भैलो कार्यक्रमले नेपालमा नै भएको महसुस गरेको बताए । कोहिनुर रेस्टुरेन्टका सञ्चालक रत्न थापाले यस्ता कार्यक्रमहरुले नेपाली मौलिकता झल्काउने र आफ्नो चाडबाड मनाउने अवसर मिल्ने बताए ।

कार्यक्रममा देउसी भैलोबाट उठेको रकम संस्थाको हितमा खर्च गरिने र यस्ता सांस्कृतिक एवं मौलिकता पहिचान हुने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी संस्थाका अध्यक्ष रामबाबु पौडेलले दिए ।