“शिवप्रकास अष्टावक्र शैलीमा सोचेर पाठकले बुझ्ने भाषामा लेख्छन ।” -पत्रकार राजेश मिश्र
पछिल्लो वर्ष शिवप्रकासको औपन्यासीक कृति “घागी” बजारमा आउने तरखर सँगै सबै पाठकहरुमा एउटा कौतुहलता जन्मीयो । “के हो घागी भनेको ?” घागीका बारेमा बुझ्न सुरुमा पाठकहरूलाई निकै हम्मे हम्मे परयो । धेरै पाठकहरुले त नेपाली शव्दकोश नै पल्टाए । “घागी” शब्दको अर्थ पछाडि दगुर्ने धेरै भए । तर पुस्तक आउनु अघि पत्तो पाउन सबैलाई मुस्किल परयो ।
शव्दकोषमा “घागी” शब्द नभेटिए पछि कौतुहलता अझ वढन गयो । पुस्तक प्रेमी पाठकहरू देखि पत्रकार सम्मको एउटै प्रश्न शिवप्रकार सामु तेर्सियो, “के हो घागी भनेको ?” पाठकको जिज्ञासामा मख्ख पर्दै मुस्कान सहित उनको उत्तर आउथ्यो, “घागी पढनुस आफै थाहा हुन्छ ।”
उतीवेला घागी कृतिलाई धेरैले धेरै अर्थमा उल्थाए । कतिले घागवाट घागी बनेको अनुमान गरे अनि कतिले थारु समुदायको मिठो खानेकुरा घुगीवाट घागी बनेको भने । तर अनुमान विपरीत उनले यो शब्द कतैवाट पैचो लिएका थिएनन । उनले कथाका लागी नयाँ घागी शब्द चयन गरेका थिए । जुन सर्वथा नौलो थियो । हुन त उनको यो नौलो प्रयोग भने हैन । “घागी” भन्दा अगाडि उनले आफ्नो कृति “जैमली” मा पनि यसरी नै शब्द चयन गरेका थिए ।
के छ घागीमा ?
घागीमा जम्मा २२ कथाहरू संग्रहित छन् । ती अधिकांश कथाहरू अमेरिका भित्रका पात्रहरुमा रुमल्लिएका छन् । कल्पनामा भन्दा यर्थाथमा कथाहरू घुमेका छन् । कथाका कति थर्याथहरु त अमेरिका बसेका नेपालीहरूको माझ हिजो अस्ति वरपर घटेका घटनाहरू झैँ लाग्छन । मात्र कथाकारले त्यसलाई सुम्म अध्ययन गरी मलजल गर्दे उनेका छन् ।
पुस्तकमा समेटिएका उनका कथाहरू बेवीसिटर, घागी, नदी किनारको रुख अनि ह्याङओभरमा अल्झिएकी उर्वसीहरुले अमेरिकामा नेपाली जीवनका भित्री रहस्यका पाटाहरु भताभुङ्ग खोतल्न सफल छन् । अरू कथाहरू कहिले नेपाल त कहिले अमेरिका विचरन गर्छन् ।
शीर्षक कथा घागीको कुरा गर्दा यो कथा अन्तिम सम्म यर्थाथमा घुम्छ । अन्त्यमा भने कथा निबन्ध हो कि भन्ने भान पर्छ । पाठक एकक्षण अल्मलिन्छन । जनजीवनमा देखिएका घटनाहरूलाई कथामा उन्दा कथाले कता कता निबन्धको रूप लिन पुग्छ ।
कसरी लेख्छन शिवप्रकास ?
“जमैली” होस वा “घागी” अथवा अन्य लेखहरू शिव प्रकाश कथामा जीवन र जगत सङ्गका राम्रा–राम्रा सुक्त्तिमय वाक्य प्रयोग गर्न खप्पिस छन् । घागीमा पनि यस्ता सुक्त्तिमय वाक्यहरु प्रशस्त भेटिन्छन । लाग्छ उनी यसका खानी नै हुन जो सँग अथाहा ज्ञानको भण्डार छ । जीवन र जगत सङ्गका शुष्म अन्तर आत्माका यथार्थ वेदनाहरु कथामा कसरी निस्किन्छ ? अनि कसरी लेखक त्यसको सजिलै प्रयोग कथाका माध्यम द्धारा गर्छन् त ?
शिवप्रकास कै शव्दमाः
“यस्ता भावहरु निस्कने कुनै निश्चित समय हुँदैन । विशेषत म दर्शन शास्त्रको निकै अध्ययन गर्छु । लेखनमा जीवन दर्शनका केही कुराहरू जोडिएन भने लेखन राम्रो हुन गाहे छ । लेखिसके पछि पाठकको भित्री मनमा छुन सक्न पर्छ । सम्पूर्ण पुस्तक अध्ययन गर्दा एक दुई वाक्य टिपोट गर्न पाइएन भने त्यो पठाई निरर्थक हुन्छ । मानिसको यर्थाथ वेदनाहरु कथामा उर्तान म यति बेला नै लेख्छु भन्ने कुनै क्यालेण्डर बनाएर सकिँदैन । यसैले त जीवनका वेदना र पात्र संयोजन गर्न नसक्दा मेरा कयौ कथाहरू लेखेर बिचमै थनकिन्छन । जीवनमा हिडदै जाँदा यस्ता कयौ पात्रहरु सँग कथाहरू फेरि जोडिन जान्छन अनि फेरि थन्किएका कथाहरू पुन जीवित हुन्छन् ।”
भनिन्छ कला साहित्य, संस्कृति अनि धर्म जीवन सँग जोडिदै अगाडि जान्छ । उसो त यी सबै तत्वहरुको संयोजन नै जीवन हो । कथाहरुले यिनै जीवन र जगतका शुष्मता अध्ययनबाट आफ्नो लेखन तिखारने गर्छन् । “घागी” कथामा पनि कथाकारले धेरै ठाउँमा यसको प्रयोग गरेका छन् । अन्तर आत्मावाट निस्कन अति गाहे, उकुसमुकुस अनि जटिल दुखी भावहरु “घागी” मा कथाकार शिवप्रकासले सजिलो सँग ठाउँ ठाउँमा निकालेका छन् । आखिर उनी लेख्न सम्भव कसरी वनाउछन यी व्यथाहरु ?
शिवप्रकास भन्छन् :
“कैयन कुराहरू लेख्न ज्यादै गाहे हुन्छ । “घागी” का केही कथाहरू लेख्न पनि यस्तै भएको थियो । कुनै कुराहरू लेख्न गाहे हुँदा घरमा म निकै टहलिन्छु । विना काइदाका हिडाई निकै हिडछु । दिमागले कसरी लेख्ने भन्ने कुराको टुङ्गो नपाउदा पसिना मात्र निस्कदैन कहिले काही रातभर निद्रा पनि लाग्दैन । कहिले काही त लेखाइको टुप्पो समाउन हल्का रक्सी पनि पिउछु । तर जब दिल अनि दिमागले कुनै पनि लेखाइको भेउ पाउँछु मैले सारा कुराहरू जितेको अनुभव हुन्छ । अनि अव आफ्नो लेखनलाई न्याय गर्न सक्छु भन्ने लाग्छ र म लेखनको टुङ्गोमा पुग्छु ।”
निचोडमा धेरै सत्य, कम कल्पना लेख्ने लेखक हुन शिवप्रकास । “घागी” यसको सप्रमाण हो । घागीमा जीवन भोगाइका कटाक्षहरु छन् । सुनेको अमेरिका र भोगेको अमेरिका आकाश जमिन फरक रहेको प्रमाण हो “घागी” ।






प्रतिक्रिया