मुख्य समाचार

रास्वपा वरिष्ठ नेता बालेनद्वारा अध्यक्ष ओलीप्रति समवेदना

रास्वपा वरिष्ठ नेता बालेनद्वारा अध्यक्ष ओलीप्रति समवेदना


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली अध्यक्ष ओलीप्रति समवेदन दिएका छन् ।

झापा–५ बाट निर्वाचित नेता शाहले आज सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिँदै केही समयअघि आफूले पिता गुमाएकाले पिता जस्तो रक्षक, गुरु र देवता अरु कोही हुन्न भन्ने संस्कृत श्लोकको स्मरण गरेका छन् ।

Advertisement

“पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ भन्ने मैले महसुस गरेको छु । पूर्वप्रधानमन्त्री ओलीमा पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”, शाहको सन्देशमा भनिएको छ । यसअघि रास्वपाका अध्यक्ष रवि लामिछानेले अध्यक्ष ओलीप्रति समवेदना दिएका थिए ।

दिवङ्गत ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल (फेसबुक)मार्फत उनले भनेका छन्, “यस दुःखद् घडीमा दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।”

त्यसैगरी, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भएको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सभापति थापाले भनेका छन्, “शोकमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

शेयर गर्नुहोस:

162
Shares