मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

डा. अधिकारीद्वारा लिखित ‘सत्य गीता’को ड्यालसमा परिचर्चा

डा. अधिकारीद्वारा लिखित ‘सत्य गीता’को ड्यालसमा परिचर्चा


ड्यालस, अमेरिका । डा. मुरली अधिकारीद्वारा लिखित ‘सत्य गीता’ पुस्तकको परिचर्चा तथा सम्मान कार्यक्रम आइतबार ड्यालसमा सम्पन्न भएको छ ।

टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेस सिटीमा रहेको पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहारको निर्माणमा अथक रुपमा कृयाशील डा. अधिकारीको यो पुस्तक गत महिनामात्र लोकार्पण भएको थियो ।

Advertisement

कार्यक्रममा लेखक डा. अधिकारीले आफूले लामो समयसम्म गीताको अध्ययनपश्चात् त्यसलाई बुझेर सरलीकृत रुपमा पुस्तक तयार पारेको उल्लेख गरे । ‘जन्म, मोक्षका कुराहरुलाई अझ गहन रुपमा अध्ययन गरेर, त्यसलाई परिस्कृत गरेर लामो अध्ययनपछि पुस्तकका रुपमा यसलाई प्रकाशित गरिएको हो’, डा. अधिकारीले भने ।

कार्यक्रममा मन्दिरका पुजारी मेघनाथ निरौलाले पुस्तकको समीक्षा गर्दै निकै मेहनत, लामो समय लगाएर प्रकाशित गरिएको पुस्तकले हिन्दु धर्मग्रन्थहरुको सूचीमा अर्को योगदान पुर्‍याएको चर्चा गरे ।

सोही अवसरमा मन्दिरका संस्थापक तथा समाजसेवी वासुदेव भण्डारीले डा. अधिकारीले अमेरिकामा मात्र नभएर मातृभूमिमा पनि शिक्षा, धर्म–संस्कृति, परोपकारमा क्षेत्रमा योगदान गरेको उल्लेख गर्दै निरन्तरताका निम्ति शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटाले आफूले गीताका सबै अध्याय अध्ययन गर्न नभ्याए पनि सरल रुपमा लेखिएको यो पुस्तकले आफ्नो चाहना अब पूरा हुने बताइन् । सो अवसरमा मन्दिर बोर्ड अफ ट्रष्टी अध्यक्ष डा. प्रेम अधिकारीले समेत शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा मन्दिरका तर्फबाट डा. अधिकारीलाई सम्मानसमेत गरिएको थियो । पुस्तक बिक्रीबाट सङ्कलन भएको रकम डा. अधिकारीले मन्दिरलाई प्रदान गर्ने घोषणा गरेका छन् । सो पुस्तक २५ डलरमा मन्दिरबाट खरिद गर्न सकिने जनाइएको छ ।

शेयर गर्नुहोस:

1.6k
Shares