मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य/सिर्जना   

झापामा स्रष्टा पाण्डे सम्मानित

झापामा स्रष्टा पाण्डे सम्मानित


शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font
  • change font

चन्द्रगढी । सशक्त नारी साहित्यकार सीता पाण्डेद्वारा रचित ‘टुकुनी–खुसी र म’ नामक कवितासंग्रहको झापा सदरमुकाममा परिचर्चा गरिएको छ ।

यहाँस्थित लेखनाथ पुस्तकालयद्वारा प्रत्येक महिना आयोजना हुने अन्तिम शुक्रबारे कार्यक्रम अन्तर्गत यही कार्तिक २८ गते परिचर्चा गरिएको हो ।

Advertisement
ADVERTISEMENT

पुस्तकालयको प्रेक्षालयमा चर्चित कवि प्रकाश बुढाथोकी (दमक)ले कृतिकार सीता पाण्डेको संक्षिप्त परिचय प्रस्तुत गरेपछि तारा विविधले कविता कृतिका बारेमा परिचर्चा गरेको कार्यक्रममा साहित्यकार होम सुवेदी र गंगाप्रसाद ओलीले मन्तव्य राखेका थिए ।

कोशी प्रदेशका पूर्वमन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको समापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरू केशव आचार्य, तुलसी भट्टराई, डा. स्मिता श्रेष्ठ, राजेश ढुंगाना, हरिप्रसाद न्यौपाने, उषा गुरुङ, दुर्गा सिग्देल, महेन्द्र दूरगामी, निर्मला बास्तोला लगायतले आफ्ना कविता वाचन गरेका थिए ।

सहसचिव गोविन्द कोइरालाले सञ्चालन गरेको कृति परिचर्चा कार्यक्रममा महेन्द्र कोइरालाले स्वागत मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस:

324
Shares