मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य/सिर्जना

उदास फूलहरु (कविता)

उदास फूलहरु (कविता)


शेयर गर्नुहोस:

756
Shares

  • change font
  • change font
  • change font

बगैचा सुनसान थियो
मालीहरु थिएनन्
फूलहरु मौनता साँधि बसेका थिए
पुतलीहरुको उडान थिएन
पोखरीमा हाँसहरु पौडिरहेका थिएनन्
किन निर्जन लाग्छ बगैचा ?
बगैचाको आसपास कोही बटुवा थिएनन् ।
तिमी फूलको कथा लेख्ने मान्छे
फूलको मौनता तोडेर
माली खोज्दै थियौ
म फूलको जीवन पढ्ने मान्छे
फूललाई सुम्सुम्याउँदै
फूलको आयु नाप्तै थिएँ ।
तिमी र म एउटै डुङ्गाका यात्री रहेछौं
फूलको जीवन कथा पढ्दै हिड्ने
तिमी पूर्व बाट आयौ
म पश्चिम बाट आएँ
तिम्रो र मेरो लक्ष्य एउटै भए पछि
नयाँ यात्राको सुरुवात संगसंगै हुन सक्छ
तिम्रो र मेरो भेट
ऐतिहासिक क्षण हो
तिमी दुःखका नदी तरेर आयौ होला
जसरी मैले तरेथें
तिम्री घर जहान रुँदै होलिन
जसरी मेरी जहान रोएकी थिईन
जीवन सुख दुःखको चौतारी रहेछ
घर जहानका सपना अनेक होलान
घर जहानको सपना पूरा गर्न पनि
तिम्रो र मेरो यात्रा रोमाञ्चक बन्न सक्छ ।
यात्रामा उकाली चढौला
देउरालीलाई फन्को लगाएर
भञ्ज्याङ्ग तिर झरौला
खोलाको बगर पार गरेर
जङ्घारहरु तरौला
तिम्रो र मेरो सपना खोसिएका छन
सपनाको खोजि गर्दै
जीवनको गीत गाउँला ।
मेरा बा साहुको भारी खेप्दा खेप्दै
क्षयरोगले थलिएर मरेका हुन रे
मेरी आमा मुखिनीको बारी खन्दा खन्दै
दमले थलिएर मरेकी हुन रे
आमा बा मर्दा
लाश राख्ने चिहान नभए पछि
दिदी र म भौतारिएका हौं
एक चोक्टो आफ्नै जमिन नहुँदा
आमा बा को लाश
बाध्य भएर
खोलामा बगाएका हौ ।
तिमीले धैर्यता गुमाउनु हुन्न
टुहुरा दिदी भाइको कथा सुन्दा
दिदीले बनि बुतो गरी
मलाई हुर्काएकी हुन
आफू नपढेरै
मलाई पाठशाला पठाएकी हुन
तिम्रा आँखा रसाउलान
मेरो पीडा सुने पछि
मेरा पनि त आँखा रसाउलान
तिम्रो पीडा सुने पछि
पीडा मिश्रित हाँसो हाँस्दै
दुःख सुख धानी बसौं
हामी रुँदा फूल  रोलान
हामी  हाँसे फूल हाँस्लान
फूलहरु उदास छन
भमरा झुल्न छोडे पछि ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५

Advertisement

शेयर गर्नुहोस:

756
Shares