मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   

एनआरएन युएसए स्टेट च्याप्टरहरुको संयुक्त प्रेस विज्ञप्ति

एनआरएन युएसए स्टेट च्याप्टरहरुको संयुक्त प्रेस विज्ञप्ति


आदरणीय नेपाली जनसमुदायहरु "जननी जन्मभुमी स्वर्गदपीगरीयसी" नेपालको इतिहासमै पहिलो पटक हामी नेपालीहरु सार्वभौमसत्ता सम्पन्न भएका छौ । यो हामी स्वाभिमानी नेपालीहरु को लागी गौरवको कुरा हो । वि. स. २००४ देखी २०७२ साल सम्मको चेतनशील समयमा बनेका ७ वटा सविंधान मध्ये जनताका प्रतिनीधीहरुले निर्माण गरेको यो पहिलो संबिधान, संविधानसभाका जनप्रतीनिधी को ९० प्रतिशत भन्दा बढी अत्याधीक बहुमत ले पारित गरेको छ । हुन त संबिधान आफैमा एउटा गतिशील दस्तावेज हो र यसमा पनी केही महत्वपूर्ण कुरा छुटेका पनी छन र आगामी समयमा यसलाई अझ वृहत रुपले छलफल गरी संशोधन गर्नुपर्ने पनि हुन्छ। तर यस्तो जनसहभागिता मा निर्माण भएको लोकतान्त्रिक संबिधान बिश्वमानै बिरलै छ यहाहरुलाई अवगत नै भएको कुरा हो । २०५२ साल देखी २०७२ सम्म पुरा २० वर्ष सम्मको अबधीमा कयौ जनधनको क्षती भयो। यस्तो विसमपरिस्थीती पश्च्यात निर्माण भएको यस्तो पबित्र जनदस्तावेदलाई छिनेकी राष्ट भारतले बधाई तथा शुभकामना दिनुको सट्टा उल्टो नेपालको आन्तरिक मामलामा समेत हस्तक्षेप गरी तथा अन्तर्राष्ट्रीय कानुनको खिल्ली उड़ाएर अघोषित नाकाबन्दी लगाई मत्स्यन्यायलाई आत्मसात गरी बिश्वसामु आफ्नो असली अनुहार उदाङग पारेको छ ।
 
भारत र नेपालको धर्म ,संस्कृति ,भाषा, भेशभुसामा केही समानता छ र नेपालीले भारतको स्वतन्त्रता को लागी समेत ठुलो योगदान दिएको इतिहास साक्षी छ, यति हुदाहुदै पनी नेपालको शिशु संबिधान लाई भारतले समर्थन नगरी महानचाड दशै तिहारको पुर्वसंध्यामा नेपालका नाका वन्द गर्ने जुन हरकत गर्यो यो अति नै निन्दनीय छ । त्यसैले हामी बिश्वभरका ग़ैर आवासीय नेपालीहरु उक्त निन्दनीय कार्यको घोर बिरोधमा एक हुनको लागी हामी एनआरएन युएसए का सम्पुर्ण स्टेट च्याप्टरहरु हार्दीक आव्हान गर्दछौ । चाहे मधेसमा वस्ने मधेसी या पहाड़ मा बस्ने पहाडि र हिमाल क्षेत्रमा बस्ने हिमाली होस हामी सबै नेपाली भाई भाई हौ । हामी सबैको लागी नेपाल देश बराबर हो । समग्रमा मधेस , पहाड़, हिमाल को योग नै नेपाल हो । जन्मभुमी प्रतीको भक्ति नै त्यस देशको आन्तरिक शक्ती हो ।
 
आउनुहोस हामी यस कठीन घडीमा एक भई अगाडी बडौ र भारत सरकासंग अन्तरराष्ट्रीय कानुनको पालना गरी उसले लगाईरहेको अघोषित नाकाबन्दी तुरन्त ख़ुलाअोस भनी आ-आफ्नो ठाउबाट आव्हान गरौ । साथै हाम्रो छिमेकी राष्ट भारत बाट पटक पटक नेपालमाथी पारवहान सम्बन्धी झमेला गर्दै आएकोले भारत बोर्डरको बिकल्पमा चिनतिरका नाकालाई ब्यबस्थित गर्ने सुझाव र मधेसको आन्दोलनको समेत संबोधनहोस भन्दै नेपाल सरकार संग माग गरौ । धन्यबाद । 
 
अध्यक्ष 
एनआरएन युएसए स्टेट च्याप्टर