मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   

कुमार घैटेको हत्या गरेको घटनाको सम्बन्धमा धनञ्जय नरसिंह केसीको प्रेस विज्ञप्ति

कुमार घैटेको हत्या गरेको घटनाको सम्बन्धमा धनञ्जय नरसिंह केसीको प्रेस विज्ञप्ति


काठमाडौँको सामाखुसीमा २०७२ साल भदौ ३ गते बिहान प्रहरीले आक्रमण गरी स्थानीय वासिन्दा कुमार घैटेको हत्या गरेको घटनाले मुलुकमा फेरि एकपटक कानुनी राज्यको खिल्ली उडाएको छ । हो, घैंटे विगतमा आपराधिक कृयालकपामा संलग्न रहेको भनिएपनि ४ वर्षदेखि पूर्ण रुपमा आपराधिक गतिविधि त्यागेर समाजसेवी र सामाजिक सेवाको क्षेत्रमा कार्यरत थिए । वैशाख १२ गते गएको महाभूकम्प, त्यसपछि का पराकम्पनबाट देशका विभिन्न स्थानमा पुगेको जनधनको क्षति, त्यसपछिको राहत र उद्धारमा नेपाली काँग्रेसका तर्फबाट घैंलेले सक्रिय रूपमा काम गरेको कुरा सञ्चारमाध्यमहरुमा सार्वजनिक भएकै विषय नैहो । तर एकजना निहत्था नागरिकलाई सुरक्षा तथा कानुनी राज्यको प्रत्याभूति दिने कमस खएका गृहमन्त्री को निर्देशनमा आम जनताको सुरक्षाको जिम्मा लिएको प्रहरीले खुलेआम गोली प्रहार गरेर हत्या गर्दा राज्य र प्रहरी प्रशासनप्रति आम जनताको दृष्टिकोण कस्तो रहन्छ ? अपराधकर्म गरेको भनिएका व्यक्तिले आफू लाई समयानुकुल परिर्वन गर्दै सामान्य नागरिकको जीवन यापन गर्न खोज्दछ भने उसले के त्यो अधिकार पाउँदैन ? 
 
विगतमा आपराधिक क्रियाकलापमा संलग्न रहेको भनेर प्रहरीले पटक–पटक पक्राउ गरी कारबाहीको दायरामा समेत ल्याउँदै आएका घैंटे पछिल्लो समयमा सरकारी सुरक्षाकर्मीधारी सरकारकै मन्त्री सहभागी विभिन्न कार्यक्रममा पुगेर मन्त्रीसँगै कुम जोडेर एकजना समाजसेवीको रूपमा बसेको घाम जत्तिकै छर्लङ्ग छ । तर उनी अपराधी नै हुन् भने त्यहाँ पुगेका सरकारी सुरक्षाकर्मीले किन आँखा चिम्लिएर बसे  ? अनि अपराधी भएमा उसलाई राज्यको कानुन, नीति, नियम र विधि प्रक्रिया अनुसार पक्राउ गरी कानुन बमोजिम कारबाही अघि बढाउनुपर्नेमा किन उसलाई पटक–पटक गोली प्रहार गरी हत्या गरियो ? यही हो जनताको मानवअधिकार ? घैंटे एकजना नागरिकको हैसियले उसले यो मुलुकमा बाँच्न पाउने अधिकार राख्दैन ? कानुनी रूपमा दण्डनीय काम गरेको भए कानुन अनुसार उसलाई कैद वा अन्य सजायदिन कसले रोक्थ्यो वा छेक्थे ? यी सब बाटो बन्द गरी एकजना व्यक्तिलाई हत्या गरेर उसको अपराध सृङ्गंखला अन्त्य हुन्छ भन्ने सोच राज्यले राख्नु यो भन्दा सङ्कुचित र पाखण्डी मानसिकता अरू केही हुन सक्दैन ।
 
घैंटेले गत असारमा राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन पेस गरेर आफ्नो जीवन रक्षाका लागि माग समेत गरेका थिए । उनले आफू प्रहरीबाट मारिनसक्ने भन्दै जीवन रक्षाका लागि मानवअधिकार आयोगमा निवेदन दिएका थिए । उनको हत्याले सामान्य जीवन बिताएर बाँच्न पाउने नागरिकको अधिकार हनन भएको छ ।
 
अर्को कुरा, घैंटेले प्रहरीलाई गोली हानेपछि त्यसको जवाफमा आफूले प्रतिरक्षाका लागि गोली प्रहार गरेको प्रहरीले बताएको  दाबी छ । तर सामाखुसी क्षेत्रका प्रत्यक्षदर्शी आम नागरिकले प्रहरीले बिहानको खाना खाने समयमा घर घेरा हालेर घैंटेलाई हत्या गरेको बताइएरहेका त्यो कुराको भिज्योल पनि सार्वजनिक भएको छ । त्यस क्षेत्रका सयौँ स्थानीयले आफ्नै आँखाले देखेका कुराहरूको खण्डन गर्दै प्रहरीले कसरी ती नागरिकको मुख र आँखा थुन्दै गलत प्रचार गर्न सकेको ? प्रहरी भनिरहेको छ, प्रतिरक्षाका क्रममा घैंटेको ज्यान गयो । मेरो विचारमा के लाग्छ भने नेपालमा रहेका गुण्डा वा डन जे भनेपनि उनीहरूसँग प्रहरीसँग इन्काउन्टर गर्न सक्ने क्षमता नै छैन । हतियार राख्ने अधिकार पाएका प्रहरी अधिकारीले अदालत र कानुन को खिल्ली उडाउँदै कानुनलाई आफ्नो हातमा लिने र आफूखुसी व्याख्या वा प्रयोग गरी आफूखुसी निर्णय गर्ने हो भने देशमा न्याय प्रशासन, अदालत, कानुन र विधिको शासन किन चाहियो ? 
 
विगतमा विभिन्न व्यक्तिदेखि आएर अहिले कुमार घैंटे सम्मको हत्याको सृङ्खलालाई हेर्दा अब देशमा सबै अधिकार प्रहरी प्रशासनले लिने र राज्य, केही राजनीतिकका नेता एवं प्रहरीको नजरमा दोषी देखिएकाहरुलाई यसैगरी छानी छानी हत्या गर्ने सृङ्खला रोकिएका भन्न सकिन्न । सरकार र पुलिसको विरुद्धमा लग्ने जो सुकैको हत्या हुनसक्छ । यो घटनाले के सङ्केत गर्दछ भने राज्य, प्रहरी, तथा कुनै दलका शीर्ष नेता विशेषको आँखाका कसिंगर बनेका आम नागरिकको हालत अब घैटेकै जस्तो हुनेमा शङ्का गर्ने आधार देखिँदैन । किनकि राज्य र सुरक्षा निकायले आफूलाई मन नपरेको मान्छेलाई अपराधी तथा दोषी ठहर गर्न कुनै हर्कत बाँकी राख्दैन । 
 
मुलुकमा संविधान लेखनको क्रम अन्तिम चरणमा पुगेका बेला आम जनताले शान्ति सुरक्षा अमनचैन र सुशासनको खोजिरहेका बेला तर एकजना निहत्था नागरिकलाई जघन्य अपराध विना ‘मृत्युदण्ड’ तुल्य कारबाही गर्दा आम जनता साँच्चै भयभित भएका छन् । कानुनलाई हातमा लिएर आफूलाई मन नपरेका व्यक्तिलाई भटाभट गोली ठोक्न आदेश दिने गृहमन्त्री बामदेव गौतम र गोली हान्ने नेपाल प्रहरीका वरिष्ठ अधिकृत सर्वेन्द्र खनालहरुलाई पनि अब कानुनी कठघरामा उभ्याउन ढिलाइ गर्नुहुन्न । गृहमन्त्री पदबाट तत्काल राजीनामा गराउँदै बामदेव गौतमलाई कानुनी कठघरामा उभ्याउन र सर्वेन्द खनाललाई ‘सस्पेन्स’ मा राखेर कानुनी कारबाही गरियोस् भन्ने जोडदार माग गर्न चाहन्छु ।
 
धनञ्जय नरसिंह केसी 
वरिष्ठ उपाध्यक्ष 
नेपाली 
जन सम्पर्क समिति, अमेरिका