मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   

शनिबार एचडीएनपीको कोषवृद्धि डिनर हुँदै

शनिबार एचडीएनपीको कोषवृद्धि डिनर हुँदै


ड्यालस (टेक्सस) । अमेरिकामा घरवार बिहिनहरुलाई खानेकुरा र लुगाफाटो वितरण गर्दै आएको एचडीएनपी इन्टरनेसनले विगत वर्ष जस्तै यस वर्ष पनि फण्डरेजिङ गाला डिनर कार्यक्रम आउँदो साता आयोजना गर्ने भएको छ ।

संस्थाका प्रमुख देबी आचार्यका अनुसार गाला डिनर कार्यक्रम आउँदो अक्टोबर १४ तारिक शनिबार पेन्टागो टेक्ससमा आयोजना हुँदैछ । गाला डिनरबाट संकलित रकमबाट संस्थाले अमेरिकाका घरबार विहिनहरुलाई खानेकुरा र लुगाफाटो वितरण गर्दै आएको छ ।

एचडीएनपीको गाला डिनरमा नेपाली समुदायका अतिरिक्त अमेरिकीहरुको पनि उल्लेख्य रुपमा सहभागिता हुनेगरेको छ । यो कार्यक्रममा उपस्थित भएर मानवीय कार्यमा सहयोग पु¥याइदिनका लागि एचडीएनपीले आव्हान गरेको छ ।