मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एभरेष्ट क्रेडिट युनियनले ड्यालसमा पहिलो शाखा खोल्दै

एभरेष्ट क्रेडिट युनियनले ड्यालसमा पहिलो शाखा खोल्दै


ड्यालस (टेक्सस) । नेपाली लगानीकर्ताहरुको पहलमा स्थापना भएको एभरेष्ट क्रेडिट युनियनले आउँदो आइतबारबाट टेक्ससमा कारोवार सुरु गर्ने तयारी गरेको छ ।

न्यूयोर्कको ज्याक्सन हाइटमा केन्द्रीय कार्यालय रहेको क्रेडिट युनियनले शाखा विस्तारको क्रममा पहिलो पटक ड्यालसमा कारोवार सुरु गर्न लागेको हो । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा पर्ने युलेसमा आइतबार दिउँसो १ बजे शाखाको उद्घाटन हुने संस्थापक मोहन ज्ञवालीले जानकारी दिए ।

युलेसमा भरखरै निर्माण सम्पन्न भएको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहार) को भवनमा क्रेडिट युनियनको शाखा रहनेछ । केन्द्रका भवनमा रहेका केही बिजनेस सुइटहरुमध्य हालका लागि एउटा कोठा भाडामा लिएर शाखा सञ्चालनमा ल्याउन लागिएको ज्ञवालीले जानकारी दिए ।

क्रेडिट युनियनले स्थानीय समुदाय, व्यवसायीहरुलाई बिना धितो कर्जा लगानी गर्ने, वचत गर्ने गरीशाखा सञ्चालनमा ल्याउन लागेको हो। युनियनमा खाता खोल्नेलाई निःशुल्क जीवन बिमाको सुविधासमेत प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।

बिना धितो सानोतिनो रकमको कर्जा प्राप्त गर्न सकिने, वचतमा व्याज र बोनस समेत प्राप्त हुने कारणले अमेरिकी समुदायमा क्रेडिट युनियनप्रति चासो बढ्दै गएको छ ।

एभरेष्ट क्रेडिट युनियनले ड्यालसमा शाखा खोलेपछि निकट भविष्यमा क्यालिफोर्नियामा पनि खोल्ने योजना बनाएको छ ।