
काठमाडौँ । कोभिड–१९ का कारण यो साता थप छ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या २९९ जना पुगेको छ ।
हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा चार, पोर्चुगलमा एक र युकेमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
शनिबार साँझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५८३ गैरआवासीय नेपाली सङ्क्रमित भएकामा हालसम्म ४३ हजार ५७४ कोरोना सङ्क्रमणबाट मुक्त भएका हुन् । यो कुल सङ्क्रमितमध्येको ९१ प्रतिशत रहेको छ । रासस

हिमालय खबर -
- स्वस्थानी व्रतकथा मेला आजदेखि सुरु, शालीनदीमा मेला
- विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो
- रिपब्लिकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
- तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री
- प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत : कांग्रेस
- चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै
- सन् २०२१ मा बलियो बन्दै महामारीले थलिएको विश्व अर्थतन्त्र
- संगीतकर्मी मिन गुरुडको सुन्तलाको फुल सार्वजानिक
- नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको
- कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक
प्रतिक्रिया