मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रम सम्पन्न


कोलोराडो (अमेरिका)- कोलोराडोको लङमन्ट स्थित हिमालयज लायन्स क्लबको आयोजनामा शनीबार रक्तदान कार्यक्रम सम्पन्न भयो । 

बोल्डर स्थित बोन फिल्स ब्लड सेन्टरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान गर्नेहरुमा नारायण श्रेष्ठ, नातिबाबु भट्ट, बबीना श्रेष्ठ र एक स्थानीय कमील फोड रहेका छन् ।

Advertisement

रक्तदान गर्न ईच्छुक धेरै भएपनि बिभिन्न कारणले चार जना मात्र रक्तदान गर्न उपयूक्त ठहरिएका थिए । अमेरीकाको नियम अनुसार रक्तदान गर्न बिशेष क्राईटेरिया पुरा गरेको हुनुपर्दछ ।


निश्चित अवधिपछि मानव शरिरमा रहेको रक्तकोषहरु आफै मरेर जाने त्यस्तो रगत दानगर्दा कसैको जिबन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा कोलोराडोमा रहेको रक्त अभावलाई केहिहद सम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको लायन्सका नव निर्वाचित अध्यक्ष बिकल पराजुलीले बताएका छन् ।

क्लबको विषेश आग्रहमा बोल्डर बोन फिल्स ब्लड सेन्टरले स्थान र समय उपलब्ध गराएको थियो । बोन फिल्स ब्लड सेन्टरको भित्तामा ६ सय पटक रक्तदान गर्ने भर्गिल अलसनको फोटो राखिएको थियो । कार्यक्रममा ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, लियो क्लबका अध्यक्ष सुदिक्षा भट्ट, आयोजक लायन्स क्लबका अध्यक्ष बिकल पराजुलीको उपस्थिती रहेको थियो ।

शेयर गर्नुहोस:

0
Shares