राजनीति-समाज

सहिदको रगत र आमाको आँसुमाथि राजनीति नगर्नुहोस् : सांसद् खतिवडा

सहिदको रगत र आमाको आँसुमाथि राजनीति नगर्नुहोस् : सांसद् खतिवडा


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् रचना खतिवडाले आफ्नो छोराको बलिदान र न्यायको विषयमाथि भइरहेको राजनीतिक टिप्पणीप्रति आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा उनले आफू पदको लोभमा नभई सहिद परिवारको न्याय र देशको सुधारका लागि संसदमा आएको स्पष्ट पारिन् ।

Advertisement

सांसद् खतिवडाले संसद्को रोष्टमबाट बोल्दै आफूलाई ‘छोराको लाससँग सांसद् पद साटेको’ भनी लगाइएका अपमानजनक टिप्पणीहरूको सशक्त प्रतिवाद गरिन् । उनले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत रहर नभई ‘जेन–जेड’ आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूको न्यायका लागि भएको जिकिरसमेत गरिन् ।

सम्बन्धित राजनीतिक दल र सरकारप्रति लक्षित गर्दै उनले जिम्मेवार भएर बोल्न आग्रहसमेत गरिन् । सांसद् खतिवडाले आफूले न्याय नपाएसम्म निरन्तर खबरदारी गरिरहने र न्याय प्राप्तिको दिन आफू पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिच्किचाउने प्रतिबद्धता जनाइन् ।

उनले भनिन्, ‘मेरो काख रित्तिएको छ, संसार उजाडिएको छ । यदि कसैले मेरो छोरालाई जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद् पद त्याग्न तयार छु । म कुनै माफिया बन्न वा जनतालाई उचालेर लडाउन आएकी होइन । म त एउटी सहिदकी आमा हूँ, जो आफ्नो छोराजस्ता अरू छोराहरू नमरिउmन् भनेर खबरदारी गर्न आएकी हूँ ।’

सरकारसँग माग राख्दै सांसद् खतिवडाले बन्दी बनाइएका आन्दोलनकारीहरूको रिहाइ, घाइतेहरूको निःशुल्क उपचार र सहिद परिवारको चित्त बुझ्ने गरी न्याय निरूपण गर्नसमेत ध्यानाकर्षण गराएकी छन् ।