मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

न्यूयोर्कका महाबाणिज्यदूत मरासैनीलाइ सरकारले फिर्ता बोलायो

न्यूयोर्कका महाबाणिज्यदूत मरासैनीलाइ सरकारले फिर्ता बोलायो


हिमालयखवर संवाददाता
न्यूयोर्क (अमेरिका) – नेपाल सरकारले न्यूयोर्कमा रहेको महाबाणिज्यदूतावासका प्रमुख मधु मरासैनीलाइ फिर्ता बोलाएको छ । 
 
संसारकै अर्थिक राजधानी न्यूयोर्कमा डेढ वर्ष अघिमात्र मरासैनीले महाबाणिज्यदूतको जिम्मेवारी सम्हालेका थिए। गत साता बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले मरासैनीलाइ फिर्ता बोलाउने निर्णय गरेको हो । 
 
सहसचिव तहका मरासैनीलाइ फिर्ता गरेपनि उपसचिव स्तरका कर्मचारीले महाबाणिज्यदूतको जिम्मेवारी सम्हाल्नेछन् । अहिले नियोगमा चार जना कर्मचारी छन् । मरासिनीको फिर्ता पछि तीनजना मात्र रहने छन् । 
 
मरासैनी परराष्ट्र सेवाका कर्मचारी होइनन् । उनी केही दिनमा नेपाल फर्केर मन्त्रालयमा हाजिर हुनेछन् । मरासैनीको कार्यकालमा नेपाल र अमेरिकाबीच व्यापार, लगानी, पर्यटनका क्षेत्रमा महत्वपूर्ण कार्यहरू भएका छन् ।
 

शेयर गर्नुहोस:

0
Shares