हिमालयखवर संवाददाता
न्यूयोर्क (अमेरिका) – नेपाल सरकारले न्यूयोर्कमा रहेको महाबाणिज्यदूतावासका प्रमुख मधु मरासैनीलाइ फिर्ता बोलाएको छ ।
संसारकै अर्थिक राजधानी न्यूयोर्कमा डेढ वर्ष अघिमात्र मरासैनीले महाबाणिज्यदूतको जिम्मेवारी सम्हालेका थिए। गत साता बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले मरासैनीलाइ फिर्ता बोलाउने निर्णय गरेको हो ।
सहसचिव तहका मरासैनीलाइ फिर्ता गरेपनि उपसचिव स्तरका कर्मचारीले महाबाणिज्यदूतको जिम्मेवारी सम्हाल्नेछन् । अहिले नियोगमा चार जना कर्मचारी छन् । मरासिनीको फिर्ता पछि तीनजना मात्र रहने छन् ।
मरासैनी परराष्ट्र सेवाका कर्मचारी होइनन् । उनी केही दिनमा नेपाल फर्केर मन्त्रालयमा हाजिर हुनेछन् । मरासैनीको कार्यकालमा नेपाल र अमेरिकाबीच व्यापार, लगानी, पर्यटनका क्षेत्रमा महत्वपूर्ण कार्यहरू भएका छन् ।
प्रतिक्रिया