हिमालयखवर संवाददाता
मिचिगन (अमेरिका)- मिचिगन स्थित रोचेस्टर हिल्स्मा बस्दै आएका युवा प्रदिप सेढांईको गत बिहीबार दुखद निधन भएको छ । पेशाले इन्जिनियर स्व सेढांई ३१ वर्षका थिए । नुवाकोटमा सन् १९८६ मा जन्मेका सेढाईं सन् २००७ मा उच्च शिक्षाका लागि अमेरिका आएका थिए ।
टेक्ससमा आई यहाँबाट केमिकल इन्जिनियरमा स्नातक गरेका सेढांईले पढाई पुरा गरेपछि साढे २ वर्ष मर्सिडिज बेञ्च कम्पनीमा प्रोसेस इन्जिनियरका रूपमा काम गरेका थिए । अमेरिका आउनु अघि उनीले काठमाडौँको ह्वाइट हाउस कलेजमा पढेका थिए ।
सन् २०१५ यता रोचेस्टर हिल्स स्थिप क्रेसलर मोटरमा म्यानेजरका रूपमा कार्यरत थिए । उनका परिवारमा श्रीमती, बा आमा, दुई दिदी बहिनी र भाई छन् ।
उनको बिहीबार ११ बजे ह्युगश फेम्ली ट्रिब्युट सेन्टर ९७०० वेभच्यापल रोड ड्यालसमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार हुने परिवारले जनाएको छ । स्व सेढांईको अन्तिम संस्कारमा सहभागी हुन नेपालबाट बा, आमापनि आउँदै गरेको परिवारले जनाएको छ ।







प्रतिक्रिया