ड्यालस (अमेरिका) – अमेरिका, क्यानडा लगायत विश्वका विभिन्न देशमा रहेर आफ्नो विषय र क्षेत्रमा दक्षता हासिल गरेका गैरआवासीय नेपालीको सहभागिता रहनेगरि क्यालिफोर्नियाको सनफ्रान्सिस्कोमा तीन महिनापछि वृहद् बैाध्दिक भेला हुने भएको छ । जुन १६ र १७ मा गैर आवासीय नेपाली संघ (एनआरएनए) एनआरएनए अमेरिकाज् र एनआरएनए अमेरिकाको संयुक्त पहलमा यो भेला हुन लागेको हो ।
भेलामा अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा कार्यरत वैज्ञानिक, प्राध्यापक, डाक्टर, इन्जिनियर, व्यवसायी, विदेशमा राजनीतिमा संलग्न लगायत कुनै विषयमा दक्षता हासिल गरेका नेपाली र नेपाली मुलका गैर आवासीय नेपाली सहभागी रहने छ । सम्मेलनको मुख्य उद्देश्य विदेशमा आफ्नो विषयमा दक्ष गैर आवासीय नेपालीको ज्ञान र सिपलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी जोड्न सकिन्छ भन्ने रहेको एनअारएन अमेरिकाजका क्षेत्रीय संयोजक गैारीराज जोशीले बताए ।
चिकित्सा, प्रविधि, अर्थशास्त्र, विज्ञान, उद्योग व्यवसाय लगायत थुप्रै विषयमा सफल दक्ष नेपाली विभिन्न देशमा कार्यरत छन् । उनीहरूमा रहेको यो सिप र दक्षतालाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ यसका लागि बौद्धिक वर्गसँगै सल्लाह सुझाव लिन भेला आयोजना गर्न लागिएको हो । भेलामा नेपाल सरकारका विशिष्ट अधिकारी, बौद्धिक व्यक्तित्व र व्यवसायी पनि सहभागी हुनुहुने छ । बौद्धिक भेलामा एनआरएनएका केन्द्रीय पदाधिकारीपनि सहभागी रहने जोशीले जानकारी दिए।
‘भेलामा नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्व, बौद्धिक वर्ग, र व्यवसायी समेत सहभागी हुदां विदेशमा रहनुभएका नेपाली मुलका बौद्धिक वर्गलाई नेपालको अािर्थक र सामाजिक विकासमा कसरी जोड्ने सकिन्छ भन्ने सम्भावना पनि खोजी हुने छ, भन्नेमा म आशावादी छु, जोशीले भने ।
एनआरएन अमेरिका कार्यसमितिले यो कार्यक्रमलाई हर तरहले सफल र नमूना कार्यक्रमका रूपमा अघि सार्ने निर्णय गरेको छ । विदेशमा आफ्नो क्षेत्रका नेपाली विशेषज्ञहरु कार्यरत हुनुहुन्छ अमेरिकामा यो सङ्ख्या निकै ठुलो छ, त्यही भएर यहाँ हुन लागेको बौद्धिक भेला महत्त्वपूर्ण छ एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले भने ।
प्रतिक्रिया