मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जुन तेस्रो साता अमेरिकामा नेपाली बैाध्दिकहरूको भेला

जुन तेस्रो साता अमेरिकामा नेपाली बैाध्दिकहरूको भेला


ड्यालस (अमेरिका) – अमेरिका, क्यानडा लगायत विश्वका विभिन्न देशमा रहेर आफ्नो विषय र क्षेत्रमा दक्षता हासिल गरेका गैरआवासीय नेपालीको सहभागिता रहनेगरि क्यालिफोर्नियाको सनफ्रान्सिस्कोमा तीन महिनापछि वृहद् बैाध्दिक भेला हुने भएको छ । जुन १६ र १७ मा गैर आवासीय नेपाली संघ (एनआरएनए) एनआरएनए अमेरिकाज् र एनआरएनए अमेरिकाको संयुक्त पहलमा यो भेला हुन लागेको हो ।
 
भेलामा अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा कार्यरत वैज्ञानिक, प्राध्यापक, डाक्टर, इन्जिनियर, व्यवसायी, विदेशमा राजनीतिमा संलग्न लगायत कुनै विषयमा दक्षता हासिल गरेका नेपाली र नेपाली मुलका गैर आवासीय नेपाली सहभागी रहने छ । सम्मेलनको मुख्य उद्देश्य विदेशमा आफ्नो विषयमा दक्ष गैर आवासीय नेपालीको ज्ञान र सिपलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी जोड्न सकिन्छ भन्ने रहेको एनअारएन अमेरिकाजका क्षेत्रीय संयोजक गैारीराज जोशीले बताए । 
 
चिकित्सा, प्रविधि, अर्थशास्त्र, विज्ञान, उद्योग व्यवसाय लगायत थुप्रै विषयमा सफल दक्ष नेपाली विभिन्न देशमा कार्यरत छन् । उनीहरूमा रहेको यो सिप  र दक्षतालाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ यसका लागि बौद्धिक वर्गसँगै सल्लाह सुझाव लिन भेला आयोजना गर्न लागिएको हो । भेलामा  नेपाल सरकारका विशिष्ट अधिकारी, बौद्धिक व्यक्तित्व र व्यवसायी पनि सहभागी हुनुहुने छ । बौद्धिक भेलामा एनआरएनएका केन्द्रीय पदाधिकारीपनि सहभागी रहने जोशीले जानकारी दिए। 
 
‘भेलामा नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्व, बौद्धिक वर्ग, र व्यवसायी समेत सहभागी हुदां विदेशमा रहनुभएका नेपाली मुलका बौद्धिक वर्गलाई नेपालको अािर्थक र सामाजिक विकासमा कसरी जोड्ने सकिन्छ भन्ने सम्भावना पनि खोजी हुने छ, भन्नेमा म आशावादी छु, जोशीले भने । 
 
एनआरएन अमेरिका कार्यसमितिले यो कार्यक्रमलाई हर तरहले सफल र नमूना कार्यक्रमका रूपमा अघि सार्ने निर्णय गरेको छ । विदेशमा आफ्नो क्षेत्रका नेपाली विशेषज्ञहरु कार्यरत हुनुहुन्छ अमेरिकामा यो सङ्ख्या निकै ठुलो छ, त्यही भएर यहाँ हुन लागेको बौद्धिक भेला महत्त्वपूर्ण छ एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले भने ।