मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाको फ्लोरिडा स्थित हाइस्कूलमा गोलीकाण्ड, १७ जनाको मृत्यु

अमेरिकाको फ्लोरिडा स्थित हाइस्कूलमा गोलीकाण्ड, १७ जनाको मृत्यु


हिमालयखवर संवाददाता
अमेरिका- फ्लोरीडाको  पार्कल्याण्डस्थित एउटा  हाइ स्कुलमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ ।
 
पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइ स्कुलमा, स्कुलकै एकजना पुर्व बिद्यार्थीले अन्धाधुन्ध गोली चलाएको  र गोली लागी १७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन। गोली लागी अन्य कतीपय बिद्यार्थीहरु घाइते भएको  बताइएको छ।
 
१२ जनाको स्कुल भित्रै, दुइजनाको स्कुल बाहीर, एकजनाको स्कुल नजिकैको रोडमा र दुइजनाको हस्पिटलमा मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन ।
 
१९ वर्षिय निकोलस क्रुजले अन्धाधुन्द गोली चलाएको र उसलाइ नियन्त्रणमा लिइएको  सुरक्षा अधिकारीहरुलाइ उधृत गर्दै समाचार संस्थाहरुले जनाएका छन । 
 
बन्दुकधारी, क्रुजलाइ सोही स्कुलबाट अनुशासनहीनताका कारण, निकालीएको पनि सुरक्षा अधिकारीहरुले जनाएका छन । यसको बिस्तृत विवरण भने दिइएको छैन । तस्बिर: सामाजिक संजाल 
 

शेयर गर्नुहोस:

0
Shares