बिश्व घटना

अमेरिकाको फ्लोरिडा स्थित हाइस्कूलमा गोलीकाण्ड, १७ जनाको मृत्यु

अमेरिकाको फ्लोरिडा स्थित हाइस्कूलमा गोलीकाण्ड, १७ जनाको मृत्यु


हिमालयखवर संवाददाता
अमेरिका- फ्लोरीडाको  पार्कल्याण्डस्थित एउटा  हाइ स्कुलमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ ।
 
पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइ स्कुलमा, स्कुलकै एकजना पुर्व बिद्यार्थीले अन्धाधुन्ध गोली चलाएको  र गोली लागी १७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन। गोली लागी अन्य कतीपय बिद्यार्थीहरु घाइते भएको  बताइएको छ।
 
१२ जनाको स्कुल भित्रै, दुइजनाको स्कुल बाहीर, एकजनाको स्कुल नजिकैको रोडमा र दुइजनाको हस्पिटलमा मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन ।
 
१९ वर्षिय निकोलस क्रुजले अन्धाधुन्द गोली चलाएको र उसलाइ नियन्त्रणमा लिइएको  सुरक्षा अधिकारीहरुलाइ उधृत गर्दै समाचार संस्थाहरुले जनाएका छन । 
 
बन्दुकधारी, क्रुजलाइ सोही स्कुलबाट अनुशासनहीनताका कारण, निकालीएको पनि सुरक्षा अधिकारीहरुले जनाएका छन । यसको बिस्तृत विवरण भने दिइएको छैन । तस्बिर: सामाजिक संजाल