मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाली घरका सबै पदाधिकारी निर्विरोध निर्वाचित

नेपाली घरका सबै पदाधिकारी निर्विरोध निर्वाचित


कोलोराडोमा सकृय नेपालीहरूको साझा संस्था नेपाली घरको कार्यसमितिका सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् ।
 
आगामी २ बर्षे कार्यकालको लागी कार्यसमितिका पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितीले जुन २६ तारिकका दिन दिएको जानाकारी अनुसार सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
 
यसरी निर्विरोध निर्वाचितहुने पदाधिकारीहरुमा अध्यक्ष लक्षुमण राना, उपाध्यक्ष द्धय नातिबाबु भट्ट र कुमारजंग कार्की,  महासचिव निर्मल श्रेष्ठ, पब्लिक रिलेसन अफिसर उपेन्द्र रिजाल रहेका छन् । त्यसै गरी अन्य बोर्डअफ डिरेक्टरहरुमा जगदिशचन्द्र ढकाल, राज ढुङ्गाना र अजुर्नकुमार केसी रहेका छन् । नयाँ कार्यसमितिलाई आगामी अगष्टमा कार्यभार हस्तान्तरण गरिने नेपाली घरका अध्यक्ष योगराज गौतमले बताएका छन् ।
 
संस्थाले तोकिएको समयमा  निर्वाचन सम्पन्न गर्न राजेन्द्र शर्माको संयोजकत्वमा तिन सदस्सिय निर्वाचन समिति गठन गरेको थियो । समितिका अन्य सदस्यहरूमा वासुदेव दहाल, ज्ञानेन्द्र काले रहेका थिए ।
 

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares