हिमालयखवर संवाददाता
ड्यालस (अमेरिका)– अमेरिकाको हाइस्कूलमा अध्ययनरत दुई नेपाली मुलका छात्राहरुको सकृयतामा गोरखाको नामजुङस्थित विद्यालयमा पुस्तकालय र कम्प्युटर प्रयोगशाला तयार हुने भएको छ ।
किरण मेमोरियल फाउण्डेसन मार्फत २० हजार डलर विद्यालयमा पुस्तकालय र कम्प्युटर प्रयोगशालाका लागि पठाउने तयारी भइरहेको हो । ड्यालसका दुई दिदीबहिनी कृतिमा र इच्छा लामिछानेले दुई साता अघि ‘नाइट फर नेपाल’ कार्यक्रम आयोजना गरेका थिए ।
भुकम्पबाट क्षतीग्रस्त भएको विद्यालयमा पूर्वाधार निर्माण गर्न उनीहरुले आफ्नो पिता कृष्ण लामिछानेले अध्ययन गरेको विद्यालयका लागि गत वर्षदेखि सहयोग संकलन गर्दै आएका थिए । सोही कार्यक्रमबाटयस पटक संकलन भएको ५ हजार डलर र गत वर्ष पनि यस्तै कार्यक्रम गरेर उनीहरुले संकलन गरेको तीनहजारमा उनीहरुका पिता कृष्णले दुईहजार डलर थप गरेर १० हजार जम्मा गरेका छन् ।
नेपालीमुलका छात्राहरुको अभियानलाई सहयोग गर्न नेपाली समाज टेक्ससले १० हजार डलर म्याचिङफण्ड राखेको छ । यसरी जम्मा हुन आउने २० हजार आउँदो महिना कृतिमा र इच्छा नेपाल गएर विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
सोही कार्यक्रमलाई थप सहयोग गर्न यही मे १३ तारिक ड्यालसको कोपेलस्थित टाउनसेन्टर प्लाजामा दोस्रो ‘नाइट फर नेपाल’ आयोजना हुन लागेको छ । साँझ ६ बजे हुने उक्त कार्यक्रममा उपस्थित भएर नेपालका सरकारी विद्यालयहरुको पुनर्निमाणमा सहयोग गरिदिनुहुन नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले अपिल गरेका छन् ।
सानैदेखि सामाजीक कार्यहरुम सकृय कृतिमा र इच्छाले यसअघि गोरखाको जनशक्ति उच्च माबिको सात रोपनी जग्गा खरिदका लागि साढे दुईलाख रुपैयाँ सहयोग गरेका थिए ।
त्यसका साथै गोरखाका बिभिन्न स्कूलहरुमा छात्रवृत्ति समेत प्रदान गर्दै आएका छन् । स्कूल टिफिनका लागि अभिभावकले दिएको रकम जोगाएर, स्कूलमै साथीहरुसँग सहयोग लिएर उनीहरुले नेपालमा सहयोग गर्दै आएका छन् । दुबै दिदीबहिनी टेक्ससको कोपेल हाइस्कूलमा अध्ययनरत छन् ।






प्रतिक्रिया