ड्यालस (टेक्सस) – नेपाली समाज टेक्सस झण्डै नौ हजार नाफामा रहेको छ। सन् २०१६ मा नेपाली समाजले सञ्चालन गरेको बिभिन्न कार्यक्रमबाट ८ हजार ८ सय ८४ डलर ३७ सेन्ट वचत भएको हो ।
गत वर्ष नेपाली समाजले एकलाख ७६ हजार २ सय ३३ डलर आय गरेको थियो । त्यसमध्य खर्च तर्फ एकलाख ६७ हजार तीनसय ४८ डलर भएको कोषाध्यक्ष दिवस थापाले पेश गरेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो कार्यसमितिले पद हस्तान्तरण गर्दा नेपाली समाजसँग झण्डै १५ हजार डलर वचत रहेको नेपाली समाज टेक्ससका महासचिव कमल सत्यालले जानकारी दिए ।
नेपाली समाज टेक्सस नेपाली समुदायको सबैभन्दा ठूलो संस्था हो । गत वर्षको निर्वाचन समयमा दुइहजार चारसय सदस्य थिए ।
नेपाली समाजले दशैँ कार्यक्रम, देउसी भैलो, स्वास्थ शिविर, छात्रवृत्ति, समर क्याम्प, समय समयमा आपत विपद पर्दा सहयोग संकलन कार्यक्रम गर्दै आएको छ । गत वर्ष समाजले चन्दा संकलन गरेर दुर्घटनामा निधन भएका रुसेल श्रेष्ठ, निशा कार्कीका परिवारलाई उल्लेख्य सहयोग गरेको थियो ।






प्रतिक्रिया