मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

बम आक्रमणमा तीन सैनिक मारिए

बम आक्रमणमा तीन सैनिक मारिए


पेसावर (पाकिस्तान) । अफगानिस्तानको सीमाक्षेत्रमा रहेको सधँै अशान्त भइरहने पाकिस्तानको उत्तरपश्चिमी आदिवासी इलाकामा सडक किनारमा रहेको बम विस्फोटमा परी तीन अर्ध सैनिकको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् । 
 
दक्षिणी वाजिरिस्तान आदिवासी जिल्लाको तोइखोला गाउँमा आइतबार गस्तीमा रहेका सैनिक लक्षित सो विस्फोट गराइएको बताइएको छ । 
दक्षिणी वाजिरिस्तानमा गस्तीमा रहेका सैनिक लक्षित सो बम विस्फोटमा तीन सैनिक मारिएका एक सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । दुर नियन्त्रितयन्त्रको सहयोगले सो बम विस्फोट गराइएको पनि ती अधिकारीले जानकारी दिएका छन् ।  
 
शक्तिशाली सैनिक प्रमुख जरनल कामर जाभेद् बाज्वाको उक्त जिल्ला भ्रमणको केही समयापश्चात् सो आक्रमण भएको बताइएको छ ।  
 
पाकिस्तानाको सातवटा अर्ध स्वायित्व आदिवासी क्षेत्रमध्ये  दक्षिणी वाजिरिस्तान पनि एक हो । यहाँ एकदशकभन्दा बढी समययता अल कायदा र तालिवानसँग आवद्ध आतङ्ककारी समूह पाकिस्तानी सुरक्षाबलसँग झडप गर्दै आएका छन् । एएफपी

शेयर गर्नुहोस:

0
Shares