मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोलोराडोमा नेपाली भाषा कक्षा सुरु

कोलोराडोमा नेपाली भाषा कक्षा सुरु


कोलोराडो अमेरिका- नेपालीहरूको सक्रियतामा गठित लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा कोलोराडोमै पहिलो नेपाली भाषा कक्षा सुरु गरिएको छ । लङमन्ट स्थित आर्ट सेन्टरमा आइतबार एक समारोह बिच समाजसेवी नारायण श्रेष्ठले सरस्वतीको फोटोलाई धुप बत्ती गरेर तथा क्लका अध्यक्ष जोशन श्रेष्ठले गमलामा पानी हालेर नेपाली भाषा कक्षाको सुभारम्भ गरेका हुन् । 

नेपाली राष्ट्रियगान गाएर सुरुगरिएको उद्धाटन समारोहमा लायन्सका ६ नर्थ ईष्टका डिष्टीक गर्भनर केननोर गिल, डिष्ट्रिक क्याबिनेट सेक्रेटरी मिगेल गिल, ग्वोवल मेम्बर चेयर पर्शन केवमेण्डल हल, लङमन्ट हिमालयज लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ, सचिव प्रमोद श्रेष्ठ, समाजसेवीहरु नारायण श्रेष्ठ, बिके श्रेष्ठ, यूएस न्यूजका बिकल पराजुली, लयन्सका पदाधिकारी, सहभागी छात्र,छात्रा र उनीहरूका अभिभावकहरुको उपस्थिति रहेको थियो । 

Advertisement
ADVERTISEMENT

कार्यक्रमको उद्धाटन समारोहलाई सम्बोधन गर्दै लायन्सका ६ नर्थ ईष्टका डिष्टीक गर्भनर केननोर गिलले आफू नेपाली भाषा कक्षाको उद्धाटन समारोहमा सहभागी हुन पाउँदा धेरै खुसी लागेको भन्दै बाल बालिकाहरुलाई सक्रिय रूपमा सहभागी हुन र अभिभावकलाई आङ्खना बाल बालिकाहरुलाई निरन्तर सहभागी गराउन हौसला दिए । उनले यसको निरन्तरताको लागि आफूले सक्दो सहयोग गर्ने बताए । त्यसै गरी क्लबका अध्यक्ष जोशन श्रेष्ठले मातृ भूमिको भाषा र संस्कृतिको संरक्षण गर्न तथा दोस्रो पुस्तामा हाम्रो भाषा र संस्कृति जस्ताको तस्तै हस्तान्तरण गर्ने वातावरण श्रृजनागर्न भाषा कक्षा सुरुगरिएको प्रष्ट्याए । कार्यक्रममा उनले सहभागी बाल बालिका तथा अभिभावक सबैलाई धन्यवाद दिँदै, कोलोराडोमानै पहिलो नेपाली भाषा कक्षालाई निरन्तरता दिन सबै सँग साथ र सहयोग आग्रह गरे । 

सुरुमा दश जना छात्र छात्रालाई लक्ष गरी सुरु गरिएको कक्षामा आज ७ जना छात्र छात्राको उपस्थिति रहेको थियो । यसरी आजको कक्षामा सहभागी हुनेमा ५ वर्ष देखी १० वर्ष उमेरका ५ छात्र र २ छात्रा रहेका थिए । क्लबका कम्यूनिकेसन अफिसर नातिबाबु भट्टको कोर्डिनेसनमा सञ्चालन भएको कक्षाको शिक्षिका सुदक्षिणा भट्ट र साहायक शिक्षिका आश्विनी श्रेष्ठ रहेका छन् । कक्षा हरेक साता आइतबार बिहान १० बजे देखी ११ बजे सम्म एक घण्टा सञ्चालन हुने छ ।

आज १० बजे देखी ११ बजे सम्म सञ्चालन भएको कक्षामा सहभागीभई डिष्टीक गर्भनर केननोर गिल, डिष्ट्रिक क्याबिनेट सेक्रेटरी मिगेल गिल, ग्वोवल मेम्बर चेयर पर्शन केवमेण्डल हलले भाषा कक्षाको अवलोकन गरेका थिए । 

शेयर गर्नुहोस:

0
Shares