मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

किन यसो भने महावीरले अमेरिकामा ? (फोटो फिचरसहित)

किन यसो भने महावीरले अमेरिकामा ? (फोटो फिचरसहित)


ड्यालस (अमेरिका) । सूचना प्रविधि क्षेत्रका अभियन्ता महावीर पुनले मंगलबार टेक्ससका नेपाली समुदायबीच आफ्नो अभियानका बारेमा छलफल गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर त्यसलाई सार्थक बनाउन अघि बढेका पुनलाई टेक्ससका नेपाली समुदायले छलफलको क्रममा सहयोग र साथ दिने वचन दिए ।1केन्द्रलाई सहयोग जुटाउन र आफ्नो अभियानका बारेमा प्रवासी नेपाली समुदायलाई जानकारी दिने उद्देश्यले अमेरिका भ्रमणमा रहेका पुनले सरकारको मात्र मुख ताक्दा देश धेरैपछि धकेलिइसकेकोले जनस्तरबाटै नयाँ कार्यको थालनी गर्न आविष्कार केन्द्र स्थापना गरेको बताए ।2उनले भने– ‘म मेरा लागि सहयोग माग्न आएको होइन, देशका लागि दान माग्न आएको हुँ ।’ ५० करोड रुपैयाँ लाग्ने राष्ट्रिय आविष्कार केन्द्रको लागि देश–विदेशमा बसेका नेपालीसँग देशकै लागि दान माग्दै अमेरिका आइपुगेको उनले बताए । विदेशमा बस्ने एक लाख नेपाली हरेकले ५० डलरमात्र सहयोग गर्न सकेमा पनि ५० लाख डलर संकलन हुने र त्यसबाट नेपालमा ठूलो कार्य गर्न सकिने भएकोले त्यसमा सहयोग गर्न उनले अपिल गरे ।3आफ्नो ७५ मिनेट लामो मन्तव्यका क्रममा पुनले भने– ‘मेरो यो क्षेत्रको २६ वर्षको अनुभवले के सिकायो भने व्यक्ति–व्यक्ति मिलेर गरेको समाजसेवाले बेला–मौकामा राहतको काम गर्नसक्छ । तर राष्ट्रनिर्माण गर्न सकिन्न ।’4उनले देश विकास हुन देश धनी हुनैपर्ने बताए । ‘देश धनी हुन अध्ययन अनुसन्धान हुनुपर्छ, अध्ययन अनुसन्धान पछिमात्र हामी धनी हुनसक्छौं,’ उनले भने । 



आफ्नो पहलमा स्थापना भएको राष्ट्रिय अनुसन्धान केन्द्रले अध्ययन र अनुसन्धानपछि नेपालको आर्थिक उन्नति गर्ने मुख्य उद्देश्य रहेको उनले प्रष्ट्याए । शिक्षित अनि प्राविधिक जनशक्तिहरु आफ्नो क्षमता देखाउने अवसर नपाएर बर्सेनि हजारौंका संख्यामा अमेरिका, युरोप, अष्ट्रेलिया गइरहेकोले पनि देश विकास हुन नसकेको उनले ठहर थियो । उनले ती जनशक्तिलाई देशमै उचित वातावरण र अवसर दिनका लागि पनि आविष्कार केन्द्रको जरुरी रहेको बताए ।5सरकारको तर्फबाट सहयोग माग्दा माग्दा थाकेको र अब सरकारबाट कुनै अपेक्षा नभएकोले विदेशमा बस्ने नेपालीहरुलाई आफूले गुहारेको उनले बताए । चितवनको खैरहनी माविमा शिक्षक हुँदाहुँदै उच्च शिक्षाका लागि अमेरिका आएका पुन पढाई पूरा भएपछि नेपाल फर्केका थिए ।6पुनले म्याग्दीमा पहिलोपटक ताररहित इन्टरनेट पु¥याएर एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसे पुरस्कारसमेत पाएका थिए । छलफल कार्यक्रममा पुनको अभियानमा सँगै हिँडेका रेडियो सगरमाथामा कार्यरत सहजमान श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रका बारेमा जानकारी दिएका थिए । 



कार्यक्रम नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेको सभापतित्वमा भएको थियो । लामिछानेले राष्ट्रिय आविष्कार केन्द्रका लागि गोफण्डमा खाता खोलेर सहयोग संकलनलाई तीव्र बनाउने घोषणा गरे ।8नेपाली समाज टेक्सस र एनआरएन अमेरिका टेक्सस च्याप्टरको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष उत्तम लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्दै पुनले सुरु गरेको अभियानमा सहयोग र साथ रहने प्रतिवद्धता जनाएका थिए । कार्यक्रम सञ्चालन नेपाली समाज टेक्ससका महासचिव कमल सत्यालले गरेका थिए ।

शेयर गर्नुहोस:

0
Shares