नातिबाबु भट्ट, अगष्ट १३,२०१६ कोलोराडो, अमेरिका ।
कोलोराडो स्थित लङमन्टमा रहेका नेपालीहरू बिच भेटघाट, एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको पिकनिक विभिन्न कार्यक्रम सँगै शनिवार सम्पन्न भयो ।
लङमन्ट नेपाली परिवारको आयोजना तथा हिमालयज लायन्स क्लब लङमन्टको संयोजनमा संम्पन्न पिकनिकमा स्थानीय मेयर डेनीस कुम्ब, सिटी काउन्सिलर जोअन पेक, लायन्सका एन ई ६ का डिष्टीक गर्भनर केन नोर, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष योगराज गौतम, एनआरएनका अध्यक्ष वासुदेव खनालको उपस्थिति रहेको थियो । त्यसै गरी अन्य अतिथिहरूमा नेपाली जन सम्पर्क समिति कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारीे, प्रवासी मन्चका अध्यक्ष जगत श्रेष्ठ, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष भुपेन्द्र महत, नेवा खःलका अध्यक्ष पे्रमकाजी श्रेष्ठ, समाजसेवी सुरेन्द्र श्रेष्ठ, बिआरटी नेपाल डटकमका शैलेस पोखरेल, यूस नेपाल न्यूजका बिकल पराजुली, नायक नवराज श्रेष्ठ, गायक महेश बुढाथोकी, लगायत विभिन्न अतिथीहरुको कार्यक्रमा उपस्थिति रहेको थियो ।

स्थानीय रमणिय पार्कमा सम्पन्न कार्यक्रममा लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठले उपस्थित अतिथीहरु सबैलाई स्वागत गर्दै लङमन्ट सिटीमा धेरै नेपाली बसोबास गर्ने भए पनि एक अर्कामा भेटघाट चिनाजानी नभएकोले आपसमा चिनाजानी, समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताए ।

कार्यक्रममा प्रमोद श्रेष्ठले, सञ्जय प्रधान, पूर्ण श्रेष्ठ, लिला श्रेष्ठ, शरद आचार्य, लगायतका गायकहरुले विभिन्न किसिमका गीत गाएर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । पिकनिक कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न पूर्ण श्रेष्ठले सहभागीहरुलाई बिङ्गो खेलाएका थिए । बाल बालिकाहरुलाई मनोरञ्जन प्रदान गर्न म्यूजिकल चियर, स्पोन एण्ड बल, पिन्याता, त्यसै गरी महिला म्यूजिकल चियर, डोरी तान्ने लगायतका खेल प्रतियोगिता आयोजना गरिएको थियो । खेलमा विजयी प्रतियोगीहरुलाई कार्यक्रममा उपस्थित विभिन्न अतिथिका हातबाट नगद तथा अन्य पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा कतिपयले आवश्यक पर्ने पानी, अचार, सोडा, साउन्ड सिष्टम लगायतका सामग्री सौजन्य उपलब्ध गराएका थिए । स्थानीय युवाहरूको विशेष सक्रियतामा सम्पन्न पिकनिकोलागी आवश्क अन्य खानेकुुरा स्थानीय एभरेष्ट रेष्टुरेष्टका प्रेमकाजी श्रेष्ठले तयार बनाई सहयोग गरेका थिए ।

























प्रतिक्रिया