मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

साईप्रस वाट तिमिल्सिनालाई सहयोग

साईप्रस वाट तिमिल्सिनालाई सहयोग


कुवेत- रोजगारीको सिलसिलामा साउदी पुगेका रामचन्द्र तिमिल्सिना दुर्घटना अभियोगमा अरबको जेलमा सजाय भोगिरको छ ।  आफूले चलाएको गाडीको ठक्करले पाकिस्तानी नागरिकको मृत्यु भए पछि तिमिल्सिनालाई मृत्यु दण्डको सजाय सुनाएको थियो ।
 
सुरुमा अदालतले क्षेतीपुर्ती स्वरूप ९० लाख रुपैंया मागे पनि मृतकको परिवार सँगको छलफल पछि ४५ दिन भित्रमा रु २५ लाख वुझाउनु पर्ने भएको छ । गरिबीका कारण त्यति ठुलो रकम जम्मा गर्न नसके पछि देश तथा विदेश वाट सहयोग को याचना गर्दै आर्थिक जम्मा भैरहेको आफन्तले जनाएको छ । 
 
करिब १५ महिना देखी साउदीको केन्द्रीय जेलमा सजाय भोगि रहेको तिमिल्सिनाको लागि दोलखा घ्याङसुकाठोकर निवासी रन्जिता तामाङ हाल साइप्रस बाट रु ५ हजार र शोभा लामा वाट रु २ हजार रुपैया राष्ट्रिय वाणिज्य वैक को खाता नं. १८१०००३८९३१० मा जम्मा  गरेको बताएको छ ।
 
यो हाम्रो सानो सहयोग हो विदेशमा दुख गर्नेलाई कति दुख हुन्छ विदेशमै हुनेलाई पिडा थाहा हुन्छ एक थुकी सुकी सबै मिले नदी बन्छ भन्दै नेपाली दाजुभाइ तथा दिदी बहिनीले कुनै पनि हालतमा अर्काको देशमा आफ्नो ज्यान दिन नपरोस भन्दै सहयोग गरेको तामाङले बताए ।

 

Advertisement
ADVERTISEMENT

शेयर गर्नुहोस:

0
Shares