मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

खरेलको ‘चल बतास चल’ अमेरिकामा सार्वजनिक

खरेलको ‘चल बतास चल’ अमेरिकामा सार्वजनिक


हिमालय खबर संबाददाता-
ड्यालस (अमेरिका)– युवापुस्ताका चर्चित गायक प्रमोद खरेलले आफ्नो पछिल्लो गीत ‘चल बतास चल’ लाई अमेरिकाबाट सार्वजनिक गरेका छन् ।
 
एक महिने लामो सांगितिक प्रस्तुतीका लागि यतिखेर अमेरिकाको दक्षिणी राज्य टेक्ससको ड्यालसमा रहेका खरेलले शुक्रबार म्युजिक भिडियो सहितको उक्त गीतलाई सार्जजनिक गरेका हुन् । शीतल कादम्बिनीको शव्द र अर्जुन पोखरेलको संगित रहेको यो गीत सामुहिक नाचका लागि अतिनै उपयुक्त छ ।
 
यो गीत युटुबमा भिडियो सहित उपलव्ध छ । अहिलेसम्म यो गीतलाई युटुबबाट २६ हजारले हेरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर गरेका खरेलले अहिलेसम्म दुईहजारको हाराहारीमा गीत रेकर्ड गराइसकेका छन् । अहिलेका व्यस्त गायकमा मानिने खरेलले ‘चल बतास चल’ बोलको गीतलाई दर्शक र श्रोताहरुले मन पराइदिनेमा आफू विश्वस्त रहेका बताएका छन् । खरेलले यसअघि गाएको ‘झुम्कावाली’ बोलको गीत निकै सुपरहिट भएको थियो ।
 
 

Advertisement
ADVERTISEMENT

शेयर गर्नुहोस:

0
Shares