मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

स्व. किरणको श्रद्धान्जलीमा रोयो ड्यालसको नेपाली समुदाय (भिडियो सहित)

स्व. किरणको श्रद्धान्जलीमा रोयो ड्यालसको नेपाली समुदाय (भिडियो सहित)


हिमालय खबर संबाददाता
ड्यालस (अमेरिका)– गत साता दुर्घटनामा निधन हुनुभएका नेपाली वैज्ञानिक किरण लामिछानेको मंगलबार ड्यालसमा नेपाली परम्परा अनुसार दाहसंस्कार गरिएको छ । 
 
दाहसंस्कार अघि स्व. किरणप्रति श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । उक्त सभामा बोल्नुहुँदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य विश्वप्रकाश शर्माले स्व. किरणको निधनबाट नेपालले एउटा असल र क्षमतावान व्यक्तित्वलाई गुमाउनु परेको चर्चा गर्नुभएको थियो । उहाँले परिवारलाई पर्न गएको पीडालाई कुनैपनि शव्दले व्यक्त गर्न नसकिने उल्लेख गर्नुएको थियो ।
 
स्व. किरणका दाजु तथा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले कार्यक्रममा बाल्यकालदेखिका प्रसंगहरु निकाल्नुहुँदै सानैदेखि सारै भलादमी भएका कारण हजुरआमाले ‘साधु’ नाम राखेको चर्चा गर्नुभयो । पछि काठमाडौं आएपछि भाईको इच्छामा आफैंले नाम फेरेर किरण नाम राखेको प्रसंगसम्म राख्नुहुँदा उपस्थित नेपालीहरुको मन निकै भक्कानिएको थियो । 
 
उहाँले भाई निकै जेहेन्दार भएको र उनका सहपाठीहरु अधिकांश मेडिकल डाक्टर रहेकोदेखि लिएर लण्डनमा छात्रवृत्तिमा अध्ययन गरेकोदेखि लिएर अमेरिका बसाई अनि यहाँको काम, मिजौरी बसाई सरेकोसम्मका प्रसंगहरु उल्लेख गर्नुभएको थियो । 
 
कार्यक्रममा स्व. किरणका साथीहरुले किरण देख्दा सामान्य, जीवनशैली सरल भएपनि उनको सोचाई अनि विचार असाधारण अनि अद्वितीय रहेको चर्चा गरेका थिए । 
 
कार्यक्रममा ड्यालस मात्र नभएर स्व. किरणलाई चिन्नेजान्ने ठूलो संख्यामा नेपालीहरुको उपस्थिती थियो । स्व. किरणको शवमा दाई नाता पर्ने कोलोराडोबाट आउनुभएका बुद्धि लामिछानेले दागबत्ति दिनुभएको थियो ।