मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सगुनको सेयरमा लगानी, जोखिम लिनसक्नेले मात्र लगानी गर्नु उपयुक्त

सगुनको सेयरमा लगानी, जोखिम लिनसक्नेले मात्र लगानी गर्नु उपयुक्त


हिमालयखवर विशेष 
नेपाली युवा समूहले स्थापना गरेको समाजिक सञ्जाल सम्बद्ध कम्पनी सगुनले विदेशमा बस्ने नेपालीलाई लक्षित गरी सेयर लगानीका लागि खुला गरेको छ । अमेरिकामा स्थापना भएको र भारतको नयाँ दिल्लीमा समेत कार्यालय रहेको सगुनले अमेरिकाको व्यवसाय शुरुआतसंग सम्बद्ध कानुन जब एक्ट अनुसार गत साता देखि प्रारम्भिक चरणको सेयर (मिनी आईपीओ) निष्कासन गरेको हो ।
 
सगुनले सुचनाप्रविधि सम्बन्धी नयाँ उपकरण एप बनाउन सेयर बजारमा गएको हो । अहिलेको मिनी आईपिओवाट सुगनले झन्डै १८ लाख अमेरिकी डलर उठाउने योजनामा छ । यो कम्पनीको कुल सम्पत्तिको १० प्रतिशत हो । 
 
नयाँ प्रोडक्ट डेभलपमेण्टका लागि हामीलाई पैसा चाहिएको हो, सगुनका संस्थापक समूहका कविन्द्र सिटौलाले भने यस पछि हामी प्रारिम्भक सेयर निष्कासन (प्रि आईपीओ)मा जान्छौं । 
 
नेपाली व्यावसायिक युवाले अमेरिकी सेयर बजारमा प्रवेश गर्ने आँट देखाएको यो पहिलो हो । तर, लगानीका दृष्टिकोणले भने सगुनको सेयरमा फाइदा र जोखिम दुवै उच्च छ । शुरुआती चरणमा रहेका सूचना प्रविधिसंग सम्बन्धित प्राय सबै कम्पनीमा जोखिम र फाइदा दुवै अत्याधिक हुन्छ । सगुनको सेयरमा पनि अहिले ५ हजार डलर लगाउनेले यो भन्दा केही गुणा बढी आम्दानी हात पार्न पनि सक्छन् । अर्को तर्फ लगानी शून्यमा पनि झर्न सक्छ । कम्पनीले भविष्यमा ल्याएका प्रोडक्टले बजार लिएभने सेयरमा लगानी गर्ने फाइदामा हुन्छन् । बजार लिन सकेनभने नोक्सान पर्छ । जोखिम लिन सक्नेलेमात्र सगुनमा लगानी गर्नु उपयुक्त हुन्छ ।
 
सगुनले सेयर विक्रीवाट आउने रकम प्रयोगकर्ता विस्तार, नयाँ उपकरण विकास र मोबाइल एपमा विकास गर्ने जनाएको छ । सगुनका हाल करिब २ लाख ६० हजार प्रयोगकर्ता छन् । झन्डै फेसबुक जस्तै समाजिक सञ्जाल सगुनले आफ्नो आम्दानीको पाँच प्रतिशत प्रयोगकर्तालाई दिने जनाएको छ । फेसबुक लगायत यस्ता सञ्जालले विज्ञापन लगायत विभिन्न जानकारीहरु राखेर पैसा आर्जन गर्छन् । यसरी आर्जन भएको पैसा प्रयोगकर्तालाई दिने सगुनदिएको आकर्षण हो । यसका लागि सगुनले आउने वर्ष सोसियल स्मार्ट कार्ड ल्याउने तयारीमा छ । 
 
सगुनको सेयरमा न्यूनतम ५ हजार डलर र यो भन्दा माथि लगानी गर्न पाइन्छ । वार्षिक २ लाख डलर आम्दानी हुनेले मात्र यो सेयरमा पैसा लगाउन पाउंछन् । त्यसैले सेयरका लागि फारम भर्दा वार्षिक २ लाख डलरको बराबरको आम्दानी भएको स्वघोषणा गर्नु पर्ने हुन्छ । यस्तो सेयरमा उच्च जोखिम भएकाले राम्रो आम्दानी हुनले वुझेरमात्र लगानी गरुन भन्ने उद्देश्यले यस्तो सर्त राखिएको हो । यो सर्त सगुन जस्ता सवैकम्पनीका लागि हो । 
 
सन् २००९ मा स्थापना भएको सगुन कम्पनीको मूल्य हाल १ करोड ५० लाख अमेरिकी डलर मूल्याङ्कन गरिएको छ । सम्पत्ति मूल्याङ्कन गर्ने कम्पनी डेलावेयर कर्पोरेशनले उक्त मूल्याङ्कन गरेको हो । यस अनुसार सगुनको प्रति सेयर मूल्य हाल ३ डलर ७५ सेन्ट मूल्याङ्कन गरिएको हो । २ वर्ष अघि सेयर मूल्य जम्मा ५० सेण्ट थियो । सगुनले सन् २०१४ देखि आफूलाई सोसियट साइटका रूपमा अगाडी ल्याएको थियो ।
 
स्टार्ट अफ कम्पनीमा पैसा लगानी गर्नु भनेको घरजग्गामा लगाएको जस्तो होइन कविन्द्रले भने यसमा जोखिम उच्च हुन्छ तर, फाइदा पनि कयौँ गुणा लिन सकिन्छ, नयाँ आउने हाम्रा प्रोडक्टले राम्रो बजार लिन्छन् भन्नेमा हामी आशावादी छौँ ।
 
छिटो नाफा लिएर आफ्नो पुँजी फिर्ता लिन चाहने लगानीकर्ताका लागि यो सेयर उपयुक्त होइन । नियमित रूपमा बचत गर्न सकने आम्दानी भएका र उच्च जोखिम लिन सक्ने लगानीकर्ताका लागि सगुनमा लगानी गर्नु उपयुक्त हुन्छ ।
 
यो सेयरमा विदेशमा बस्ने नेपालीले मात्र होइन जो सुकैलेपनि पैसा लगाउन पाउंछन । हामी नेपाली भएका कारणले समुदायकै सहयोगबाट अघि बढ्नु पर्छ भन्ने उद्देश्यले विदेशमा बस्ने नेपालीलाई केन्द्रित गरेर सेयर बिक्री गर्न खोजिएको हो, कविन्द्रले भने । अहिले तत्काल ५ लाख डलर उठ्यो भनेपनि हामीलाई पुग्छ, उनले भने । 
 
एनआरएन अमेरिकाका पदाधिकारीले यो सेयरलाई सकरात्मक रूपमा लिएका छन् । एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले एक सार्वजनिक कार्यक्रममा सगुनको उत्साहलाई आफ्नो सहयोग रहेने बताए ।
 
एनआरएन अमेरिकाका उपाध्यक्ष तथा व्यवसायी राम सी पोखरेलले यस्तो स्टार्ट अप कम्पनीको सेयरमा उच्च जोखिम हुने भए पनि उत्साह थप्न आफूले सेयर किन्ने निर्णय गरेको बताए । नेपालीहरूले प्रवद्र्धन गरेको कम्पनीले अमेरिकाको सेयर बजारमा आउने आँट देखाउनुपनि महत्त्वपूर्ण हो, पोखरेलले भने यसले नेपालीलाई पनि सेयर बजार मार्फत पुँजी सङ्कलन गर्न प्रेरणा दिन्छ । तर, यो सेयरमा लगानी गर्दा उच्च जोखिम भने छ लगानी शुन्यपनि हुन सक्छ यो तथ्य विर्सन हुदैंन पोखरेलले भने । 
 
कविन्द्रले सगुनको वासिंटन डिसी र भारतको नयाँ दिल्लीमा गरी झन्डै दुई दर्जन कर्मचारी रहेको जानकारी दिए । सगुन अमेरिकाको सिलिकन भ्याली भनिने क्यालिफोर्निया र भारतमा सुचनाप्रविधिका लागि चर्चित हैदरवाद वा बेंग्लोरवाट भने टाढा हुनु कमजोर पक्ष हो ।

 

Advertisement
ADVERTISEMENT

शेयर गर्नुहोस:

0
Shares